फाइनलका लागि नेपाल र पाकिस्तान भिड्दै!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
फाइनलका लागि नेपाल र पाकिस्तान भिड्दै!

सारांश

  • काठमाडाैँ, १५ कात्तिक ।
  • साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (बिहीबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

काठमाडाैँ, १५ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (बिहीबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । यता, पाकिस्तान पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समूह बि को विजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

यता, पाकिस्तान भने समूह चरणको दुबै खेलमा विजेता टिम हो । पहिलो खेलमा कठर प्रतिद्धन्दी भारतलाई २–१ गोलअन्तरले पराजित गरेको पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । आज नै एन्फा कम्प्लेक्समा बिहान १० बजेर ३० मिनेटमा प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह ए को विजेता हो भने भारत समूह बि को उपविजेता टिम हो ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता, भारतले भने आफ्नो पहिलो खेलमा नै पाकिस्तानसँग २–१ गोलअन्तरले हार ब्यहोरेको थियो । तर अन्तिम खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?