डिभि परेका नेपाली अमेरिकामा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
डिभि परेका नेपाली अमेरिकामा निर्वाचित

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  •   अमेरिकामा भएको मध्यावधि निर्वाचनमा मेरील्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्।
  • डेमोक्याट्रिक पार्टीका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

काठमाडौं, २१ कात्तिक ।  अमेरिकामा भएको मध्यावधि निर्वाचनमा मेरील्यान्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। डेमोक्याट्रिक पार्टीका तर्फबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन्।

मंगलबार भएको निर्वाचनमा २० हजार ९ सय ७७ मत प्राप्त उनी विजयी भए। यो विजयले अमेरिकी राज्य संसद् भवन छिर्न उनका लागि बाटो खुला भएको छ।  निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्सन पनि सोही पार्टीका तर्फबाट भिडेका थिए।  भण्डारी गुल्मीबाट ८ वर्षअघि डिभी चिठ्ठा परेर अमेरिका पुगेका थिए। उनी पेसाले शिक्षक हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?