देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !

सारांश

  • काठमाडौं, २२ कात्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । मुलुकमा अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा देउसी खेल्न पुगेका टोलीसँग कुरा गर्दै उनले भने,“विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।”समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने,“अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।” अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने,सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका बेरोजगारीहरु छन् । ती समस्याहरु हल गर्नुपर्छ । परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका रोग, व्याधहरु छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ । जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन् । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ ।”

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि उनले औंल्याए । उनले भने,“नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकत्ता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकत्ता पनि एकता हो । र, तेस्रो आवश्यकत्ता पनि एकता हो ।”

कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै उनले यसलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने उनले बताए । खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले अघि थपे,“एकता गर्ने कुराहरुमा ढिलाई भैरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन् । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।”नेकपाभित्र अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ । तर, तपाईहरुको भूमिका त छैन अरे नि ? भनेर पत्रकार ले सोधेको प्रश्नमा उनले भने,“हो, साँचो कुरा के हो भने कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ । सिँगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ ।

सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन् । एउटा व्यक्तिमात्रै सर्वज्ञ हुनैसक्दैन् । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनैसक्दैन् । ज्ञान धेरैतिर छरिएको हुन्छ । हो, त्यो छरिएको ज्ञानलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी दर्ता
उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी दर्ता
ताप्लेजुङको नारायणी उमावि केन्द्र  बाट योगेश भट्टराईले गरे मतदान
ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?
आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा, अन्यको कति ?