जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !
सारांश
- चितवन, २२ कात्तिक ।
- चितवन मा १९ जना जुवाडे पक्राउ परेका छन् ।
- भरतपुर महानगरपालिका वडा नं १६ बाट काैडा खेलिरहेकाे अवस्थामा १६ थान काैडा र नगद रू १ लाख ४९ हजार ६ सय ८५ सहित पक्राउ गरीएकाे चितवन प्रहरीले बताएकाे छ ।
चितवन, २२ कात्तिक । चितवन मा १९ जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ बाट काैडा खेलिरहेकाे अवस्थामा १६ थान काैडा र नगद रू १ लाख ४९ हजार ६ सय ८५ सहित पक्राउ गरीएकाे चितवन प्रहरीले बताएकाे छ । प्रहरी निरिक्षक युवराज तिमिल्सिनाकाे नेतृत्वमा खटाएकाे टाेलीले पक्राउ गरेकाे जारि गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । त्यसै गरि इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएकाे टाेलिले वडा नं १५ बाट ४ जना काैडा खेलाडि पक्राउ गरेकाे छ । उनिहरूबाट १६ थान काैडा र नगद रू ३ लाख ६ हजार २सय ६५ बरामद गरेकाे पनि विज्ञप्तिमा बताइएकाे छ ।
चितवन जिल्लालाइ सुरक्षित र शानत चितवन बनाउने उद्येश्यका साथ जिल्ला प्रहरी कार्यालयले २०७५ जेठ ४ गतेबबाट 3S Operation (Search, Sweep and Screening) संचालन गरेकाे छ । पक्राउ परेकाहरु माथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको बताइएकाे छ ।
प्रतिक्रिया