तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै म्याग्दीस्थित तातोपानी पुगे ।
  • तातोपानीमा डुबुल्की मार्दै गरेको अवस्थाको उनको फोटो यतिबेला अनलाइन मिडियाहरुमा भाइरल भएको छ ।
  • तस्विर हेर्दा रमाइलाका लागि तातोपानी पुगे जस्तो देखिए पनि खासमा प्रचण्ड त्यहाँ उपचारका क्रममा पुगेको बुझिएको छ l पत्नी सीता दाहालको उपचारका लागि चिकित्सकले तातोपानी जान सल्लाह दिए पछि प्रचण्ड परिवारसहित नुहाउन म्याग्दी पुगेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै म्याग्दीस्थित तातोपानी पुगे । तातोपानीमा डुबुल्की मार्दै गरेको अवस्थाको उनको फोटो यतिबेला अनलाइन मिडियाहरुमा भाइरल भएको छ । तस्विर हेर्दा रमाइलाका लागि तातोपानी पुगे जस्तो देखिए पनि खासमा प्रचण्ड त्यहाँ उपचारका क्रममा पुगेको बुझिएको छ l

पत्नी सीता दाहालको उपचारका लागि चिकित्सकले तातोपानी जान सल्लाह दिए पछि प्रचण्ड परिवारसहित नुहाउन म्याग्दी पुगेका हुन् । म्याग्दीको बेनी नगरपालिका ४ मा रहेको तातोपानी कुण्ड प्राकृतिकक चिकित्सालयको रुपमा परिचित छ । सो कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायतका रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । विभिन्न रोग ठीक हुने विश्वासमा तातोपानी कुण्ड पुग्नेको संख्या उल्लेख्य हुने गरेको छ ।

प्रचण्ड पत्नी सीता सहित छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’का साथमा म्याग्दी पुगेका हुन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि साथै रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?