मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती
सारांश
- भक्तपुर ।
- औषधि किन्ने बेलामा उत्पादन मिति र सकिने मिति हेर्ने गर्नुभएको छ, छैन भने हेर्ने गर्नुस् ।
- औषधि पसलेहरुले म्याद सकिएका औषधि राख्ने गरेका छन् ।
भक्तपुर । औषधि किन्ने बेलामा उत्पादन मिति र सकिने मिति हेर्ने गर्नुभएको छ, छैन भने हेर्ने गर्नुस् । औषधि पसलेहरुले म्याद सकिएका औषधि राख्ने गरेका छन् ।
भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले औषधि पसल अनुगमन गर्दा अधिकांश पसलमा समय सकिएका औषधि, दर्ता नगरिकन चलेका औषधि पसल भेटिएको हो । नगरपालिकाले म्याद सकिएको औषधि जफत गरेको छ ।
कमलविनायक, लान्चाफल्चा, च्याम्हासिंहमा रहेका औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा फर्मेसी पसलहरुले औषधि
बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ । म्याद नाघेको औषधि र सामान जफत गरेको छ ।
प्रतिक्रिया