यसकारण जनकपुरकाे रेल हस्तान्तरण टर्याे

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यसकारण जनकपुरकाे रेल हस्तान्तरण टर्याे

सारांश

  • जनकपुरधाम, १ मंसिर ।
  • जनकपुरमा रेलको उद्घाटन हुन नसक्ने यकिन भएपछि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको छ ।
  • आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीकै अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुरधाम आउने र नेपाल सरकारलाई रेल समेत हस्तान्तरण गर्ने कार्यक्रम हुने भएकाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी जनकपुर आउने कुरा बाहिर आएको थियो ।

जनकपुरधाम, १ मंसिर । जनकपुरमा रेलको उद्घाटन हुन नसक्ने यकिन भएपछि भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको छ । आगामी मंसिर २६ गते रामजानकी विवाहपञ्चमीकै अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर जनकपुरधाम आउने र नेपाल सरकारलाई रेल समेत हस्तान्तरण गर्ने कार्यक्रम हुने भएकाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी जनकपुर आउने कुरा बाहिर आएको थियो ।

पछि मोदी नआउने तथा गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने कुरा सार्वजनिक भएको थियो ।रामजानकी विवाहपञ्चमी महोत्सव आयोजना गरिरहेको तथा भारतका जन्तीलाई स्वागत गर्ने तयारी गरिरहेका जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले भने, ‘भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै कुर्थासम्मको रेल सञ्चालन हुने कार्यक्रम स्थगित भएकाले गृहमन्त्री सिंह आउने छैनन् ।’ तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने जन्ती बनेर आउने कार्यक्रम निश्चित नै रहेको वैष्णवले बताए ।शुक्रबार भारतीय राजदूत मञ्जिभसिंह पूरी लगायतले जनकपुरधाममा आएर जानकी मन्दिरको दर्शन गर्नुका साथै गृहमन्त्री सिंहको भ्रमण स्थगित भएको औपचारिक जानकारी गराएको वैष्णवले बताए ।राजदूत पुरीले शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई समेत नगरपालिकाको कार्यालयमै गएर भेटघाट गर्नुका साथै मुख्यमन्त्री आदित्यनाथ आउने जानकारी गराएका थिए ।

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीका लागि २ नम्बरको प्रदेश सरकारले जानकी मन्दिरलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । महन्थ वैष्णवका अनुसार मुख्यमन्त्री आदित्यनाथलाई २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा जन्तीको रूपमा स्वागत गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?