नेपाली युवा टोलीको थाइल्यान्डमा अर्को हार
सारांश
- काठमाडौ साउन ,२५।
- नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा आज भयको अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ।
- थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो ।
काठमाडौ साउन ,२५। नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा आज भयको अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ। थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो ।
यस अघिको पहिलो अभ्यास खेलमा पनि नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १-० ले पराजित भएको थियो । यो सँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्को महिना सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपालको अभ्यास खेलपनी सकिएको छ।
नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा सुरु हुने एसिया र त्यसलगत्तै भदौ १९ बाट बंगलादेशमा सुरु हुने साफ च्याम्प्यिनसिपको तयारीका लागि २७ सदस्यीय फुटबल टोलीलाई थाइल्यान्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ ।
भदौ २ बाटऔपचारिक रुपमा सुरुहुने भएपनि एसियाड फुटबल भने केहि दिनअगाडि बाट सुरुहुने छ । एसियाडमा नेपालले डी समूहमा रहेको भियतनाम,जापान,र पाकिस्तान सँग खेल्नेछ ।
प्रतिक्रिया