स्थानियबासिलाइ धम्कि दिँदै नेपाली सेना
सारांश
- काठमाडाै, ३१ साउन ।
- काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा ललितपुरको खोकना क्षेत्रमा नेपाली सेनाले स्थानियलाई धम्की दिने गरेको पाईएको छ ।
- राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गा अधिग्रहण गर्नेक्रममा भएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटक पटक त्रास सृजना गर्ने काम गरेको पिडित सिद्धिचरण महर्जनले बताउनु भयो ।
काठमाडाै, ३१ साउन । काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा ललितपुरको खोकना क्षेत्रमा नेपाली सेनाले स्थानियलाई धम्की दिने गरेको पाईएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गा अधिग्रहण गर्नेक्रममा भएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटक पटक त्रास सृजना गर्ने काम गरेको पिडित सिद्धिचरण महर्जनले बताउनु भयो ।
आयोगका सदस्य सुदिप पाठकको संयोजकत्वमा प्रभावित क्षेत्रको अनुगमनमा गएको बिज्ञ सहितको उच्चस्तरिय अनुगमन टोलीमाझ धेरै पिडितहरुले आफुहरु अन्यायमा परेको बताएका हुन् । द्रुत मार्ग निर्माणकाक्रममा आफ्नो जग्गाको मुआब्जा निक्कै कम दिने र आफ्ना साँस्कृतिक तथा पुरातात्वीक धरोहरहरु नष्ट गर्न लागेकाले आफुहरु संघर्ष समिति नै बढाएर आन्दोलनमा उत्रनु परेको पिडित रामलाल महर्जनले बताउनु भयो ।
पिडितहरुले टोलीका संयोजक पाठकलाई ८ सय ४० जना पिडितहरुको हस्ताक्षर संकलन गरेर पनि बुझाएको आयोगको अनुगमन टोलीका सदस्य एवं सामुदायिक रेडियोहरुको नेटवर्क (सीआर्ईएन)का प्रमुख दीपक आचार्यले जानकारी दिए । पिडितहरुले द्रुत मार्गलाई खोकनाबाट नभई बागमती नदिको पारिबाट निर्माण गर्न वा मुआब्जा बढाउन आफुहरुसँग छलफल गर्न सरकारसँग माग गरेका छन् ।
Rambabu Shrestha
K nai kam xa r army ko