रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

सारांश

  • काठमाडौं, १५ पुस ।
  • रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने सहमति गरेका छन् ।
  • सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले मिलेर काम गर्ने सहमति गरेका हुन् ।

काठमाडौं, १५ पुस । रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने सहमति गरेका छन् । सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले मिलेर काम गर्ने सहमति गरेका हुन् ।

रुसका विदेशमन्त्री सर्गोइ लेबरोव र टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूबीच रुसको मस्कोमा भएको वार्तापछि उक्त सहमति भएको हो । दुई देशले अमेरिकाको पछिल्लो निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै सिरिया मामिलामा मिलेर काम गर्ने निर्णय गरेका हुन् ।

दुई राष्ट्रले सिरियाबाट शरणार्थीका रुपमा बिस्थापित भएकालाई स्वदेश फर्काउने मुख्य लक्ष्य रहेको प्रष्ट पारेका छन् । उनीहरुले सिरियामा रहेको इस्लामिक संगठन आईएसलाई परास्त गरी सिरियाली जनताको दैनिकी सहज बनाउने दृढतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?