आर्थिक समृद्धिका लागी सहकारिले पु¥याएको योगदान अमुल्य छ: रामबाबु पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • भरतपुर, १४ मंसिर ।
  • सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्वको सवालमा पनि विषेश भूमिका खेल्न सक्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
  • शुक्रवार भरतपुरमा सम्पन्न मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभामा बाेल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

भरतपुर, १४ मंसिर । सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्वको सवालमा पनि विषेश भूमिका खेल्न सक्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शुक्रवार भरतपुरमा सम्पन्न मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभामा बाेल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि सहकारी तथा रोजगार प्रवद्र्धनका भरतपुर महानगर प्रतिनिधि रामबाबु पौडेलले सहकारी संस्थाले समाजको आर्थिक समृद्धिका लागी पु¥याएको अमुल्य योगदानको बारेमा चर्चा गर्नुभयो । सो क्रममा पौडेलले सहकारी संस्थाले शेयर सदस्यहरुको हित र उनीहरुको व्यक्तित्व विकासका लागी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । मुना बचतको ८ औं साधारणसभाका अवसरमा सहकारी संस्थाले उत्कृष्ट बाल बचत, अबधी बचत, असल एवम् उत्कृष्ट ऋणी र साधारण बचत तर्फ उत्कृष्ट हुनेलाई विभिन्न ३५ जनालाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारी सुवास गौडेलले संक्षिप्त आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाकी कर्मचारी सिर्जना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाकी शेयर सदस्य माया पाठकले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका शेयर सदस्य, बचतकर्ता, ऋणी, कर्मचारी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीराम कुईकेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?