बोल्नै नसक्ने भए डा. केसी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
बोल्नै नसक्ने भए डा. केसी

सारांश

  • काठमाडौं १५ माघ ।
  • उनी आँखा चिम्लेर पल्टिरहन्छन्।
  • कोही भेट्न आउँदा पुलुक्क हेर्छन्।

काठमाडौं १५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए।

केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने।

रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ। ‘डब्लुबीसी निकै कम छ। उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने।

गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी। पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो।

अनशन नगर्न अपिल

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले सामूहिक रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि गणेशमान सिंह भवनको प्राङ्गणमा अनशन जारी छ। अस्पतालले भने उनीहरुलाई अनशन नबस्न अपिल गरेको छ। यसप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जनाएका छन्।

अस्पतालमा कुनै धर्ना, विरोध, बन्द, हड्तालको कार्यक्रम नराखिदिन र मुलुकको ऐननियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप नियमित सेवा प्रदान गर्न उनले अपिल गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरु गरेको विरोध कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रिले अनशन बसेका चिकित्सकविरुद्ध सोमबार दिउँसो केही व्यक्ति मुठभेडमा उत्रिन थालेपछि प्रहरी संख्या बढाइएको छ। अन्नपूर्णपोष्टबाट

(https://www.newslive.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
सुत्केरीलाई पोषण खर्च
सुत्केरीलाई पोषण खर्च
कञ्चनपुरमा निर्वाचनको तयारी तिव्र  रुपमा सुरक्षाका लागि संयुक्त गस्ती
कञ्चनपुरमा निर्वाचनको तयारी तिव्र रुपमा सुरक्षाका लागि संयुक्त गस्ती
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
यसकारण फेरिए प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्ड
यसकारण फेरिए प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्ड
उपत्यकामा सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन