विश्व एड्स दिवस शनिबार मनाइँदै, नेपालमा ३१ हजारमा एचआइभी संक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विश्व एड्स दिवस शनिबार मनाइँदै, नेपालमा ३१ हजारमा एचआइभी संक्रमण

सारांश

  • काठमाडौं, मंसिर १४ – ३१ औं विश्व एड्स दिवस शनिबार ९भोलि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१ औं विश्व एड्स दिवस शनिबार ९भोलि० विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा हाल ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान गरेको छ ।

काठमाडौं, मंसिर १४ – ३१ औं विश्व एड्स दिवस शनिबार ९भोलि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१ औं विश्व एड्स दिवस शनिबार ९भोलि० विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा हाल ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान गरेको छ । जसमा १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा। तारानाथ पोखरेलले सन् २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधि, उपचारमा पहुँच हुने र औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य लिइएको बताए ।

पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभीको संक्रमणदर उच्च रहने चिकित्सकहरुले बताएका छन् । शनिबार देशका विभिन्न ठाउँमा हुने एचआइभी परीक्षणका लागि दुई लाख ८० हजार आवश्यक सामग्री पठाइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?