कांग्रेसको महासमिति तयारी
सारांश
- काठमाडौं, २५ मंसिर ।
- नेपाली कांग्रेसको मङ्सिर २८ देखि काठमाडौँमा शुरु हुने महासमिति बैठकमा सहभागी सदस्यहरूले साँझको गाँस, बासको व्यवस्थापन आफै गर्नुपर्ने भएको छ ।
- बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ ।
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको मङ्सिर २८ देखि काठमाडौँमा शुरु हुने महासमिति बैठकमा सहभागी सदस्यहरूले साँझको गाँस, बासको व्यवस्थापन आफै गर्नुपर्ने भएको छ ।बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ ।
महासमिति बैठकको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ उपत्यकाका तीन जिल्लाका सभापतिहरूलाई दिइएको छ । भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार, बैठकमा केन्द्रीय कार्य समितिका सदस्यसहित एकहजार पाँच सय जनाको सहभागिता रहने छ । बैठकमा हरेक पाँच सदस्यमध्ये कम्तीमा एकजना महिला सदस्यको सहभागिता रहने छ ।
महासमितिको बैठक सिंहदरबार अगाडि रहेको पुरानो नेसनल ट्रेडिङ सँगैको यलम्बर पार्टी प्यालेसमा गर्ने तय भएको छ । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको थियो ।
(Valium)
प्रतिक्रिया