हुम्लामा हिमपात, जनजीवन कष्टकर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
हुम्लामा हिमपात, जनजीवन कष्टकर

सारांश

  • हुम्ला, २७ मंसिर ।
  • हुम्लामा हिमपात भएको छ ।
  • उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ ।

हुम्ला, २७ मंसिर । हुम्लामा हिमपात भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । गए राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?