रणवीरले गीत गाउँदा एकता कपुरले किन मुख छाेपिन?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रणवीरले गीत गाउँदा एकता कपुरले किन मुख छाेपिन?

सारांश

  • एजेन्सी।
  • शुक्रबार राति सब टिभीको विशेष एनुअल इभेन्ट सेलीब्रेशनको शुटिङ भयो।
  • सो अवसरमा एकता कपुरसहित टेलिभिजन उद्योगका कयौं चर्चित सेलिब्रेटी उपस्थित थिए।

एजेन्सी। शुक्रबार राति सब टिभीको विशेष एनुअल इभेन्ट सेलीब्रेशनको शुटिङ भयो। सो अवसरमा एकता कपुरसहित टेलिभिजन उद्योगका कयौं चर्चित सेलिब्रेटी उपस्थित थिए। रणवीर सिंह को–एक्ट्रेस सारा अली खानसँग २८ डिसेम्बरमा रिलीज हुने फिल्म ‘सिम्बा’ को प्रमोट गर्न त्यहाँ पुगेका थिए।

फिल्म निर्देशक रोहित शेट्टी र खलनायकको भूमिका निर्वाह गरिरहेका सोनु सुद पनि त्यहाँ उपस्थित थिए। सो क्रममा रणवीर र साराले निकै खुलेर डान्स गरे। उनीहरु ‘सिम्बा’ फिल्मको गीत ‘आँख मारे’ मा निकै बेर डान्स गरे। सो कार्यक्रममा क्रममा रणवीरले ‘तुने मारी एन्ट्रियाँ’ गीत पनि गाए। उनी नजिकै बसेकी एकता कपुर भएको ठाउँमा पुगे र घुँडा टेक्दै एकताको अनुहारमा हेर्दै गाउन थाले। सुरुमा त रणवीरको फनी रुप देखेर एकता हास्न थालिन्, पछि फेरि लजाइन। उनी यति लजाइन की उनले आफ्नो अनुहार हातले छोपिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?