काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
सारांश
- काठमाडौं, २ पुस ।
- काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
- बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, २ पुस । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण आज र भोलि देशको सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा महाशाखाले जनाएको हो ।
उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको छ । चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपराह्नतिर ल्याण्डफल हुने महाशाखले जनाएको छ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम २ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।
न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया