लागुऔषध बरामद

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
लागुऔषध बरामद

सारांश

  • बर्दिवास, २ पुस, महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
  • बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो ।
  • कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

बर्दिवास, २ पुस, महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

लागुऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर)लाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । त्यसैगरी जाँचका क्रममा भन्सार छलेर ल्याइएको रजनीगन्धा, गुट्खा र परागसहित तीन बोरा सूर्तीजन्य वस्तु पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?