राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे

सारांश

  • जनकपुरधाम, २१ कात्तिक।
  •   जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा नवजात शिशुको मृत्युपछि भएको झडपमा एक जनाको आँखा फुटेको छ।
  • स्वास्थ्य जनकपुर उप-महानगरपालिका ८ स्थित रहेको नवजात शिशुको मृत्युपश्चात् भएको झडपमा एक जनाको आँखा फुटेको हो।

जनकपुरधाम, २१ कात्तिक।  जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा नवजात शिशुको मृत्युपछि भएको झडपमा एक जनाको आँखा फुटेको छ। स्वास्थ्य जनकपुर उप-महानगरपालिका ८ स्थित रहेको नवजात शिशुको मृत्युपश्चात् भएको झडपमा एक जनाको आँखा फुटेको हो।

महोत्तरीको बर्दिवास नगरपालिका १४ स्थित गर्भवती महिला सिजना देबीको प्रशव पीडा पश्चात् अस्पतालमा ल्याएर नर्सद्वारा डेलीभरी गराउन खोज्दा बच्चाको मृत्यु भएपछि आक्रोशित भएको झडपमा ४० वर्षीय किशोरी महतोको आँखा फुटेको छ। चिकित्सकहरू नभएको बेलामा नर्सहरुसँग पीडित पक्षले कुरा बुझ्न खोज्दा अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवले हातपात गरेर अस्पतालबाट बाहिर निकाल्न खोजेपछि भएको विवादमा अस्पतालका बाउन्सरले कुटपिट गरी आँखा फुटाएको पीडित परिवारको आरोप छ।

झडपमा परेर पीडित सृजनाकी काका ४० वर्षीय किशोरी महतोको आँखा फुटेपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं तिलगंगा आँखा अस्पतालमा जानकी हेल्थ केयरले नै रेफर गरेको पीडित वुवा उमेश महतोले बताए। झड्पको क्रममा प्रहरीले पीडितका भाइ मोहन महतोलाई पक्राउ गरेको छ भने अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवलाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ। जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर राज्यमन्त्री डा. सुरेन्द्र यादवको रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?