यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
सारांश
- दाङ्, १५ मंसिर वाम गठवन्धनवाट प्रतिनिधी सभा दाङ्ग क्षेत्र नं.
- ३ का उम्मेद्वार हिराचन्द्र केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन् उनले भने,“चुनाव मैलै जित्ने हो, हामी १७ हजार मतले अगाडि छौं ।
- जनताकाबीचमा हामी सेवाका भावले हिडिँरहेका छौं, योे क्षेत्रमा मैले गरेको विकास भन्नुभयो दिपक गिरीले, जसको योजना र भीजन नै छैन, उसले कसरी निर्वाचन जित्छ ?
दाङ्, १५ मंसिर वाम गठवन्धनवाट प्रतिनिधी सभा दाङ्ग क्षेत्र नं. ३ का उम्मेद्वार हिराचन्द्र केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन्
उनले भने,“चुनाव मैलै जित्ने हो, हामी १७ हजार मतले अगाडि छौं । जनताकाबीचमा हामी सेवाका भावले हिडिँरहेका छौं, योे क्षेत्रमा मैले गरेको विकास भन्नुभयो दिपक गिरीले, जसको योजना र भीजन नै छैन, उसले कसरी निर्वाचन जित्छ ?”
दाङ्लाई कस्तो जिल्ला बनाउने भन्नेबारे आफुहरुसँग स्पष्ट भिजन रहेको सुनाउ । उनले भने,“हामी निर्वाचित दाङ्गलाई सम्पन्न शहर बनाउनको लागि काम गर्छौं, कांग्रेस सरकारमा धेरैपटक गयो, नीति तथा कार्यक्रमहरु कतिपटक ल्याउनुभयो ? उहाँहरुलाइ म सोध्न चाहन्छु।” कांग्रेसले कहिले नीति तथा कार्यक्रमहरु ल्यायो ? अहिलेपनि सरकारमा कांग्रेस छ, कांग्रेसले संकल्प मात्रै गर्यो भनेको थाहा पाउन पाए राम्रो हुन्थ्यो।”
केसीले आफू कम भाषण गर्ने नेताको रुपमा चिनिने बताउँदै भने,“मुख्य समस्या भनेको भ्रष्टाचार हो । प्रत्येक योजनाहरुमा भ्रष्टाचार भएका छन् । गुणस्तरीय काम भएका छैनन् । अब हामी त्यतारित ध्यान दिन्छौं, शंकर पोखेरेल मन्त्री हुँदा कति काम गर्नुभयो भन्ने कुरा यहाँहरु सबैलाई थाहा छ, हामीसँग ईच्छाशक्ति छ, उर्जावान क्षमता छ । दंगाली जनताले हामीलाई विजयी गराउनुभयो भने हामी अब अार्थीक क्रान्तिका लागि लड्दैछौं।”
साधन र स्रोत अब नेपालीहरुको लागि समस्या नहुने धारणा राख्दै भने,“बरु ईच्छाशक्ति चाहिन्छ, त्यो हामीसँग छ, दाङ् पर्यटनको संभावना बोकेको जिल्ला हो, सुन्दर ठाउँ छ। हामी अब समग्र विकासको लागि धेरै काम गर्छौं।” नेपालमा दुरदर्शी नेता केपी ओली नै भएको जिकिर गरे । उनले भने,“राष्ट्रियताको विषयमा उहाँको चट्टानजस्तो अडान देश र दुनियाँलाई थाहा छ।”
२५ जना मन्त्री भए देश चल्ने ठाउँमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ७७ जना मन्त्री बनाएको भन्दै व्यंग्य गरे ।
“लगातार ७ पटक, प्रधानमन्त्री बन्ने भनेर ज्योतिषले भनेको भनेर देउवाजीले भन्नुभयो, यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न। देश एकातिर हिँडिसकेको छ । वामपन्थीहरुको बहुमत आउँछ। दुईतिहाई ल्याउँछ । पहिलो चरणको निर्वाचनमा ३७ सिटमा ४ सिटपनि कांग्रेसले जित्दैन । यो लेखेर राख्नुहोस्।”
उनले निर्वाचनपछि एमाले र माओवादी केन्द्रवीच एकता हुने बताए । उनले भने,“कार्यकर्ताहरुले त एकता चाहेका थिए, हामी मिलेका छौं । एमाले र माओवादीमा तित्तता छैन, एकता दिर्घकालिनको लागि हो, पार्टी एकता हुन्छ । म अहिले पनि ठोकुवा गरेर भन्छु, यदि यो गठबन्धन अर्थात एकता जसले चाहाँदैन त्यही सकिन्छ । ओलीले चाहनुभएन भने उहाँ सकिनुहन्छ, प्रचण्डले चाहनुभएन उहाँ समाप्त हुनुहुन्छ ।” केसीले वाम पन्थीहरुलाई एकता हुनबाट अब कसैले रोक्नै नसक्ने दाबी गरे ।“राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिहरुले तागदबाट रोक्न सक्दैन्” उनले भने ।
निर्वाचनपछि नेकपा मालेका नेताहरु खासगरी सीपी मैनालीहरु यही वाम गठबन्धनमा आउने उनको विश्वास थियो । उनले थपे,“केपी ओली र प्रचण्डमध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ । सहमित हुन्छ । अध्यक्ष पनि दुई जना मध्ये एक जना हुन्छ।”
उनले आफूले चुनाव जिते जनताकासामू गरेका सबै वाचाहरु पूरा गरेरै छोडने बताए । “म सदन चलेको बेला काठमाडौंमा र नचलेको बेला यही हुन्छु। भ्रष्टाचार अन्त्यको लागि मेरो सँधै लडाई हुन्छ, कमिशनखोरीको म अन्त्य गर्छु । मैले आफूले आफैसँग धेरै आशा गरेको छु। म भ्रष्टाचारी पनि होईन, मन्त्री पनि भएकै छैन । जमिनदारी पनि होईन, म भर्खरै ४२ वर्ष पुगेको छु, म नोट दिएर भोट किन्ने पक्षमा छैन ।
Kanchha Himdung Tmg
Deuba hoina deubako baje ae pani kehi hune wala xaina.
Mohan Kayasta
Don’t insult leaders. I too may say you silly. Is it palatable to you?.
Surya Prasad Suwal
ठिक भन्नु भयो । अबको प्रधानमन्त्री देउवा होईन गगन थापा हुन्छ । अनि उप प्रधानमन्त्री विश्व प्रकाश शमाॅ ।
Sayogi Nepali Bhupal
Timilai thahanai rahenx prandhanmantri vako manxe mantri bandainan.
Shiva Shrestha
Kancha k bolnu huncha k hudaina tha chaina pm khako deupa mantre khancha haitt haitt
Gopi Timilsina
Tehi ta PM vako manxe kasari M hune Timlai matrai thaha raixa yesto kura