दाङमा ६० लाखको टर्मिनल भवन बन्दै
सारांश
- दाङ, ७ पुस ।
- दाङको तुलसीपुर टरिगाउँमा रहेको विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन बन्ने भएको छ ।
- भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले टेन्डर आह्वान गरी प्रक्रिया अगाडि बढाएको छ ।
दाङ, ७ पुस । दाङको तुलसीपुर टरिगाउँमा रहेको विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन बन्ने भएको छ । भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले टेन्डर आह्वान गरी प्रक्रिया अगाडि बढाएको छ । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गरिन लागेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको हो । विमान सेवा निरन्तर सञ्चालन भए पनि पुरानो भवनका कारणले यात्रुहरुले दुःख पाउँदै आएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया