चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

सारांश

  • काठमाडौं।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे ।
  • त्यसपछि नेपाली राजनीतिक÷कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ ।

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीतिक÷कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ? यो प्रश्न सतहमा आएको छ ।

अमेरिकी विदेश मन्त्रालयको टिटअनुसार उक्त मुलुकको नेपाललाई ‘इन्डो–प्यासिफिक’ रणनीतिअन्तर्गत राखेको बुझिन्छ । ज्ञवाली र पोम्पेओको भेटमा ‘स्वतन्त्र, खुला, र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिका , उत्तर कोरियासहितका विश्वव्यापी मुद्दालगायतबारे छलफल गरेको’ अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले अमेरिकाजस्तो शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नु राम्रो हो । तर त्यसअघि बृहत् तयारीको आवश्यकता रहेको कूटनीतिक क्षेत्रका विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक स्वार्थ गाँसिएको गठबन्धनमा नेपाललाई अमेरिकाले सामेल गर्न गराउन खोज्नु उसको सफल कूटनीतिको एउटा पाटो हो । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?