सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…

सारांश

  • काबुल।
  • संसारभरमा सैनिकका कैयौं यस्ता जांबाज सिपाहीहरु छन् जसको बहादुरीको कथा सुन्दा हामी दंग पर्छौं ।
  • यस्तै अविश्वसनीय कहानी छ अमेरिकी सेनाका एक जवानको जसले एउटै गोलीले एकसाथ ६ आतंकवादी मारेका थिए ।

काबुल। संसारभरमा सैनिकका कैयौं यस्ता जांबाज सिपाहीहरु छन् जसको बहादुरीको कथा सुन्दा हामी दंग पर्छौं । यस्तै अविश्वसनीय कहानी छ अमेरिकी सेनाका एक जवानको जसले एउटै गोलीले एकसाथ ६ आतंकवादी मारेका थिए । उनले एक किलोमिटरको दूरीबाट यति सटिक निशाना लगाए कि सबै ६ आतंकवादीको एउटै चिहान भयो । ती जवानले २०१३ मा अफगानिस्तानमा गरेको अविश्वसनीय बहादुरीको घटना अमेरिकी सेनाले अहिले सार्वजनिक गरेको हो ।

२०१३ मा अमेरिकी सेना अफगानिस्तानमा तैनाथ गरिएको थियो । त्यहाँ सेना कैयौं आतंकवादीलाई रोक्ने काममा लागेको थियो । यही अपरेशनको क्रममा दक्षिण अफगानिस्तानको ककारनको एक पहाडमा अमेरिकी सेनाका एक स्नाइपर तैनाथ थिए । उनी जहाँ थिए त्यहाँबाट करिब १ किलोमिटर टाढा ६ जना आतंकवादी थिए जो उनी भएतर्फ बढ्दै थिए । पहाडमा सुतेर पोजिशन लिएका ती स्नाइपरले बन्न्दुकको टेलिस्कोपबाट देखे कि एक आतंकवादीले सुसाइड ज्याकेट लगाएका थिए ।

स्नाइपरले बुझिसकेका थिए कि उनले ती आतंकवादीलाई तत्काल नरोक्ने हो भने उनका सैनिक साथीहरुको ज्यान खतरामा पर्नेछ । २० वर्षका यी जवानले देखे सबै ६ आतंकवादीको हातमा मेसिनगन पनि थियो । विशेषज्ञका अनुसार यति दूरीबाट सही निशाना लगाउनु निकै कठिन काम हो । यो काम अझै कठिन त्यतिबेला हुन्छ जब टार्गेट हल्लिरहेको हुन्छ । यहाँ त्यस्तै थियो, ती आतंकवादीहरु हिँडिरहेका थिए । स्ननाइपरले आफ्नो पूरा ध्यान केन्द्रित गरेर हेर्दा आतंकवादीको सुसाइड ज्याकेटमा एउटा बटन देखे ।

स्नाइपरले बुझे, त्यो बटन ज्याकेटमा लगाइएको बमसँग जोडिएको थियो । ती आतंकवादीले त्यही बटन दबाएर आतंकवादी हमला गर्ने तयारीमा थिए । स्नाइपरले यति सटिक निशाना लगाए कि गोली ठिक त्यही बटनमा लाग्यो । बटनमा गोली लाग्नासाथ भयानक विष्फोट भयो र सबै ६ जना आतंकवादीको एउटै चिहान भयो । अमेरिकी सेनाका अनुसार २० वर्षका ती सैनिक जवानले संसारकै सबैभन्दा शक्तिशाली स्नाइपर राइफल ीज्ञज्ञछब्घ को प्रयोग गरेका थिए । अमेरिकी सेनाका अनुसार यी जवानले यसअघि पनि करिब डेढ किलोमिटर टाढाबाट एक आतंकवादीलाई मारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
राेचक समाचार : पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि…
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
यी हुन् माेटरसाइकल चाेर्ने नेपाल प्रहरीका जवान

तपाईंले छुटाउनुभयो कि?