पाकिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको हो । भारत च्याम्पियन्स ट्रफीको साविक विजेता हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ३८ रनको सम्मानजनक स्कोर बनाएको थियो । च्याम्पियन्स ट्रफीको आठौं संस्करणमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक कूल स्कोर हो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०.५ ओभरमै अलआउट हुनुअघि १५८ रनमात्र बनाउन सक्यो ।
श्रोत : लन्डन एजेन्सी
प्रतिक्रिया