विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर

सारांश

  • बेत्रावती, ९ पुस , नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ ।
  • पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.
  • ४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरीदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो ।

बेत्रावती, ९ पुस , नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ ।

पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरीदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो ।

दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् चार रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवद्र्धक पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्पmबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्पmबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ । प्रवद्र्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।

सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे (बेत्रावती)मा विद्युत् उत्पादन गृह रहने आयोजना पूरा गर्न रु पाँच अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ ।

आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
महन्त लाइ राजेन्द्रकाे चुनाैति !
महन्त लाइ राजेन्द्रकाे चुनाैति !
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
आधा किलो सुनसहित युवक पक्राउ
आधा किलो सुनसहित युवक पक्राउ
दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ
दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?