पार्टीभन्दा अमेरिका ठूलो नेकपाका यी नेतालाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पार्टीभन्दा अमेरिका ठूलो नेकपाका यी नेतालाई

सारांश

  • स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रममा आइतबार अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि बोलेका थिए ।
  • उनी पनि बैठक शुरु हुँदा अमेरिकामा थिए ।
  • तर, घुमफिरका लागि होइन, अमेरिकी विदेशमन्त्रीको औपचारिक निम्तोमा वार्ता गर्न ।

स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रममा आइतबार अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि बोलेका थिए । उनी पनि बैठक शुरु हुँदा अमेरिकामा थिए । तर, घुमफिरका लागि होइन, अमेरिकी विदेशमन्त्रीको औपचारिक निम्तोमा वार्ता गर्न ।

नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा स्थायी कमिटीका प्रभावशाली सदस्य जनार्दन शर्मा प्रभाकर र देवेन्द्र पौडेल भने अहिले अमेरिकामै छन् । उनीहरु राज्य र पार्टीको कामले भन्दा पनि निजी पारिवारिक कामका सिलसिलामा अमेरिका पुगेको नेकपा स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका इञ्चार्ज समेत रहेका शर्मा छोरीको बिहेका लागि अमेरिका पुगेका हुन् । उनकी छोरी कविताको बिहे आलोकप्रताप राणासँग तय भएको छ । अमेरिकामै आयोजना हुने वैवाहिक समारोहमा सहभागी हुन नेकपा नेता शर्मा सपरिवार न्युयोर्क पुगेका छन् ।

शर्मा इञ्चार्ज रहेको कर्णाली प्रदेशको रिपोर्टिङ उनको अनुपस्थितिका कारण स्थायी कमिटीमा हुन सकेन । अमेरिका जानुअघि उनले प्रदेश कमिटीको पहिलो बैठक सुर्खेतमा राखेका थिए । तर, सो बैठक सहइन्चार्ज यमलाल कँडेलसहित करीव दुई दर्जन प्रदेश कमिटी सदस्यहरुले अघोषित बहिस्कार गरेका थिए ।

माओवादी जनयुद्धकालका केही घाइते लडाकूहरु उपचार र राहत माग गरेर माइतीघरमा अनसन बस्नेक्रममा गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका छन् । तर, जयुद्धकालका सैन्य कमाण्डरसमेत रहेका शर्मा आफ्ना पूर्वसहयोद्धाको माग सम्बोधन नगरी पार्टीको महत्वपूर्ण बैठकसमेत छाडेर अमेरिका सयरमा रहेको भन्दै नेकपाभित्र उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
१० वर्ष कान्छोसँग प्रियंका चोपडाको विहे डिसेम्बर २ मा !
चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
चीनबाट २१ सदस्यीय टोली सोमबार नेपाल आउँदै
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
गाईको समाचारबारे उपसभामुख राधिका तामाङको यस्तो आयो चेतावनी
गाईको समाचारबारे उपसभामुख राधिका तामाङको यस्तो आयो चेतावनी
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा

तपाईंले छुटाउनुभयो कि?