अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
सारांश
- माधव बेल्वासे, कपिलवस्तु, २० असार ।
- मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले कुनै पनि सरकारी कार्यलयहरुमा सेवा लिदा पहुँचवालाको सिफारीस चाहिनुको कारण खोज्नुभएको छ ।
- सेवा लिन गएका सेवाग्राही हरुले कर्मचारीहरु सग काम गराउदा उच्च तहका व्यक्तिको मान्छे भए छिटो हुने अन्यथा सेवाग्राहीको फाइल नै रोकिनु गम्भीर सम्स्या रहेको वताउनुभयो ।
माधव बेल्वासे, कपिलवस्तु, २० असार । मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले कुनै पनि सरकारी कार्यलयहरुमा सेवा लिदा पहुँचवालाको सिफारीस चाहिनुको कारण खोज्नुभएको छ ।
सेवा लिन गएका सेवाग्राही हरुले कर्मचारीहरु सग काम गराउदा उच्च तहका व्यक्तिको मान्छे भए छिटो हुने अन्यथा सेवाग्राहीको फाइल नै रोकिनु गम्भीर सम्स्या रहेको वताउनुभयो ।खतिवडाले विशेष गरी मालपोत कार्यलयमा पैसाको लेनदेन विना कुनै पनि काम नहुने गरेको जनगुनासो वढेको वताउनुभयो ।
शिवराज नगरपालिकाको आर्थिक वर्ष ०७४।७५को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा खतिवडाले यस्तो वताउनुभएको हो ।
उहाले शिवराज नगरपालिकाका विभिन्न कार्यलयहरु अपांगमैत्री नभएकोमा यसमा नगरपालिकाको ध्यानकर्षण गराउनुभएको छ ।खतिवडाले संचार माध्यमहरुमा सार्वजनिक जग्गा नगरपालिकाको कव्जामा ल्याउने वाहानामा पुर्वग्राही राखी भैतिक संरचना भत्काउनु गलत भएकोले नगरपालिकाले सवैलाई समान रुपमा हेर्नुपर्ने वताउनुभयो ।
त्यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले प्रदेशकै सवैभन्दा धेरै उद्योगहरु शिवराज नगरपालिकामा रहेको भएपनि स्थानिय सरकारले औधोगिक क्षेत्रमा लगानी नगर्नुको कारण खोज्नुभएको छ । पर्यटकिय स्थल सम्भावना रहेको क्षेत्र भएपनि सवै योजनामा मात्र समिति भएको पोख्रेलले वताए । त्यस्तै कार्यक्रममा स्थानिय व्यापारी,राजनितिक दल,सरोकारवाला निकायहरुले प्रश्न गरेका थिए ।
प्रश्न हरुको जवाफ दिदै शिवराज नगपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाले नगरवासीहरुको हित हुने मात्र काम गरेको वताउनुभयो । सरकारी कार्यलयहरु कसैले विभिन्न वाहानामा रकम लिएमा तुरुन्त सम्पर्क गर्न नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
सवैले चाहेमा मात्र शिवराज नगरपालिका समृद्ध बन्न सक्ने भएकोले नगरपालिका वाट भएका गलत कामलाई खवरदारी गर्न पनि आग्रह गर्नुभयो । काम गर्दै जाँदा र पहिलो वर्ष भएको कारण केहि त्रुटि भएको भए त्यसलाई सुधार गर्दै आगामी वर्षमा काम गर्ने प्रतिवद्धता जनाए ।
नगरपालिकाले सवैलाई समान दृष्टिले हेर्ने गरेको समेत नगरप्रमुख अधिकारीले उल्लेख गरे । यस क्षेत्रलाई पर्यटकिय रुपमा विकाश गर्ने योजना नगरपालिकाको भएको र त्यसको लागी वजेट समेत विनियोजित भएको वताउदै नगरपालिकामा उद्योगहरुको खानी रहेकोले यसको विकाशको लागी प्रदेश हुदै केन्द्र सम्म पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
शिवराज नगरपालिकाको योजना,सेवाग्राहीको सन्तुष्टि तथा गुनासो,नगरपालिकामा सर्वसुलभ पहुच,पारदर्शी तथा जवाफदेहीतामा अभिवृद्धी गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा शिवराज नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ ।
प्रतिक्रिया