मलेसियामा दुतावासले दियो श्रमिकलाई जानकारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मलेसियामा दुतावासले दियो श्रमिकलाई जानकारी

सारांश

  • काठमाडौं ।
  • मलेसिया क्वालालम्पुरको नेपाली दूतावासले मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले अन्तरक्रियासहित जानकारी गराएको छ ।
  • देश छाडेर नेपाली श्रमिकलाई दूतावासका तर्फबाट दिइने विभिन्न सेवाबारे जानकारी गराएको छ ।

काठमाडौं । मलेसिया क्वालालम्पुरको नेपाली दूतावासले मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले अन्तरक्रियासहित जानकारी गराएको छ । देश छाडेर नेपाली श्रमिकलाई दूतावासका तर्फबाट दिइने विभिन्न सेवाबारे जानकारी गराएको छ ।

नेपाली दूतावासले मलेसियाका मेलाका, जोहोर राज्यमा आयोजना गरेको सचेतना कार्यक्रममा श्रमिक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी उपस्थित थिए ।

कार्यक्रममा कन्सुलर सेवा, जेलमा रहेका नेपालीको अवस्था, उद्धार प्रक्रिया, श्रमिकको सुरक्षाका समग्र पक्षमा विस्तृत जानकारी गराइएको क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्तरक्रियामा सहभागी श्रमिकले राखेका जिज्ञासा, गुनासो तत्कालै सम्बोधन गरिएको दूतावासले जनाएको छ । सहभागीले पछि पनि अन्तरक्रियात्मक कार्यक्रम राख्नुपर्ने आग्रह गरेका थिए ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?