नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरुले पार्टी एकतापछिको राजनीतिक र सांगठनिक विषयमा धक खोलेर आफ्नो कुरा राखेका छन्।
  • बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यहरूबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यस पटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।

काठमाडौं। सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरुले पार्टी एकतापछिको राजनीतिक र सांगठनिक विषयमा धक खोलेर आफ्नो कुरा राखेका छन्। बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यहरूबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यस पटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् । आठ दिनसम्म चलेर आइतबारदेखि ब्रेक लागेको बैठक आउँदो बुधवार बस्नेछ। अब अध्यक्ष ओली र दाहालले जवाफ दिनेछन्। ‘सबै नेतालाई व्यवस्थित ढङ्गले बोल्ने समय दिइएको छ, सबैले लामो समयपछि छलफल गर्नुभएको छ, यसले पार्टीभित्र सौहार्द वातावरण बनेको छ,’ एक नेताले भने। तर, नेताहरूको समूहबन्दी, त्यसको आधारमा एउटा पक्षको रक्षा र अर्कोको आलोचना गर्ने दृश्य बैठकमा देखिएको छ। एकतापछि पहिलो पटक भएको यो स्तरको छलफलले सत्तारुढ पार्टी र त्यसको नेतृत्वसामु केही प्रश्न तेस्र्याएको छ। जसको जवाफ नेतृत्वले दिनुपर्नेछ।

पार्टीभित्र चर्को गुटबन्दी बढेको र त्यसको नेतृत्वकर्ता ओली भएको आरोप माधव नेपालपक्षका नेताले लगाएका छन्। गुटबन्दीको नजरले मात्र हेर्ने नेतृत्वको कार्यशैली रहेको आरोप घनश्याम भुसाल, योगेश भट्टराईलगायतले लगाएका छन्। उनीहरूलाई नेता नेपालको पनि साथ छ।
नेपालले बोल्ने क्रममा प्रदेश कमिटीको गठनलगायतमा यसअघि आफूले राखेको असन्तुष्टिको प्रसङ्ग उठाएका छन्। जुन कुरा ओलीनिकट नेताहरू मान्न तयार छैनन्। महासचिव विष्णु पौडेल, शङ्कर पोखरेललगायतले नेतृत्वले सही काम गरिरहेको र अहिलेसम्म गरेका निर्णय ठिक भएको धारणा राखेका छन्।

एसिया प्यासिफिक सम्मेलन र पार्टीको छवि
बैठकमा गत महिना भएको एसिया प्यासिफिक सम्मेलनको अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री नेपालको संलग्नतालाई स्थायी समिति सदस्यले रुचाएनन्। बैठकमा बोल्ने अधिकांश सदस्यले सम्मेलनमा संलग्नता गलत भएको बताए।सम्मेलनकै समयमा सार्वजनिक विरोध गर्दै आएका भीम रावल, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटालगायतले पार्टी बैठकमा पनि महत्त्वका साथ यो विषय उठाए। युनिभर्सल पिस फेडेरेसनको विवादित गतिविधिका लिखित हेररिस्त प्रस्तुत गरे।
यो सम्मेलनमा सहभागी भएको विषयलाई कुनै नेताले बचाउ गर्न सकेनन्। अध्यक्ष ओली र नेपाल भने सम्मेलनमा भएको सहभागितालाई गलत भन्ने पक्षमा उभिएनन्। नेता नेपाललाई ओलीले यो विषयमा मात्र स्पष्टीकरण दिन आइतबारको बैठकमा समय दिएका थिए। उनले सम्मेलन कुनै धार्मिक उद्देश्यले नगरिएको र विगतमा पनि अन्य नेता संलग्न हुने गरेको भन्दै बचाउ गरे।

नेकपा बैठकमा उठेको अर्को विषय हो, दिगम्बर झालगायतको नियुक्ति र प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता। झाको नियुक्तिले भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने कुरा कसैले नपत्याउने नेताहरूले बताए। लेखराज भट्टले आफू मन्त्री हुँदा झाले घुस अफर गरेको जानकारी गराए।
झा लगायतको विवादित नियुक्ति खारेज गरेर भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छु भन्ने प्रमाणित गर्न ओलीलाई नेताहरूले चुनौती दिए। ४३ जना केन्द्रीय सदस्यले पनि स्थायी समितिबाट निर्णय गर्नुपर्ने भन्दै झा लगायतलाई हटाउन अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल
सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल
कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
होसियार ! उपभोक्ता ठगे मुद्दा
होसियार ! उपभोक्ता ठगे मुद्दा
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो

तपाईंले छुटाउनुभयो कि?