सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ ।
  • सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।

काठमाडौँ,१३ पुस । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।

सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी ९एनसीपी० को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राजपरिवारको वरिष्ठ सदस्यबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया
राजपरिवारको वरिष्ठ सदस्यबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
फराज खान बिरामी हुँदा कसरी सलमान खानको भाग्य चम्कियो ?
फराज खान बिरामी हुँदा कसरी सलमान खानको भाग्य चम्कियो ?
भार्डी चम्किदा लेस्टरको प्रभावशाली जित
भार्डी चम्किदा लेस्टरको प्रभावशाली जित
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो
सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

तपाईंले छुटाउनुभयो कि?