उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १६, २०७९
|
|
३० पटक हेरिएको
Shares
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो।
  • नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो। नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।
त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन्।
विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई फोन गरेर बागी उम्मेदवारी फिर्ता गर्नुपर्ने र तालमेलको मर्म बुझिदिन अपिल गरेका छन्।
पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन्।
जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने बताए । त्यसपछि शनिबार भने उनीहरूले निर्वाचन चिह्न नै प्रदान गरिने जानकारी दिए।[image: to-bahadur-and-other-leaders-at-election-commision-2021-8.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागको रिहर्सल
सागको रिहर्सल
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी,  टुँडीखेलमा सम्मान दिइने
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी, टुँडीखेलमा सम्मान दिइने
टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता
टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
आलेख  गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
आलेख गोरखा २ मा बाबुराम कि नारायणकाजी ?

तपाईंले छुटाउनुभयो कि?