बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !

सारांश

  • नेपालगन्ज,२४ जेठ ।
  • कैलालीकी मिना केसी ९ महिना अघि नेपालगन्ज आइन ।
  • अन्र्तजातीय बिबाह गरेकी उनले पतिको कुटाइ र यातना सहन नसकेर कामको खोजीमा नेपालगन्ज होटेलमा काम सुरु गरिन् ।

नेपालगन्ज,२४ जेठ । कैलालीकी मिना केसी ९ महिना अघि नेपालगन्ज आइन । अन्र्तजातीय बिबाह गरेकी उनले पतिको कुटाइ र यातना सहन नसकेर कामको खोजीमा नेपालगन्ज होटेलमा काम सुरु गरिन् ।

भाडा माझ्ने काम सुरु गरेकी उनले पछि आफनै शरीरको ब्यापारको सुरु गर्नुपर्यो । ‘कहिले बाध्यताले त अहिले आफ्नै आवश्यकताले नचाहेको काम गर्नुपर्यो,’ उनी भन्छिन् ।

एउटा पुनःस्थापना केन्द्रको सेल्टरमा भेटिएकी ३७ बर्षीया मिना भन्छिन्, ‘सजिलै केही काम पाइंदैन, पेटका लागि पनि काम गर्नुपर्ने बाध्यता बन्यो ।’

उनलाई बिहेको ९ वर्षपछि पतिले अर्को विवाह गरेपछि घर बस्न मन लागेन, निस्कँदा चाहेजस्तो काम पाइएन । उनी मात्र होइन यतिबेला नेपालगन्जको यौन बजारमा कोही बाध्यता त कोही रहरले पनि यौन ब्यापारमा लाग्ने गरेका पाइएको छ ।

नेपालगन्ज र कोहलपुरमा यौनकर्मीको रुपमा काम गर्दै आएकी गीता थापा पछिल्लो एक बर्ष देखि यौनकर्मीको पेशा अंगालेकी छन् । पतिले अर्को बिबाह गरेर अलपत्र बाटोमा छाडेपछि आफुले यौनबजारमा प्रवेश गरेको बताउँछिन् गीता ।

‘म त बाध्यताले लोगेकी हुँ,’ गीताको बाध्यता छोरीको भबिष्यका लागि काम खोज्दै उनी नेपालगन्ज पुगेको बताउँछिन् । सुरुमा होटेलमा सरसफाइको कामका लागि कोहलपुर पुगेकी २३ बर्षीया गीता रहर भन्दा बाध्यताले यौनकर्मी बनिन् । उनि भन्छिन् ‘रहर ले त होइन छोरीको भबिष्यका लागि आफनो शरीर बेच्दैछु ।’

पैसा कमाउनका लागि यौन पेशानै अंगाल्नु पर्छ त ? दैनिक नेपालगन्ज सँगको प्रश्नमा गीता भन्छिन्, ‘काम गर्न न पढाइ छ, न सिप कसले दिन्छ काम ?’ अब भने अलिकति पैसा पनि जोडेकाले यौनपेशा छाडेर घरमा माछा पालनको योजना गीताले बुनेकी छन् ।

यौनकर्ममा लागेका धेरै महिलाको समस्या अशिक्षित हुनु पनि देखिएको छ । शिक्षित नभएका कारण राम्रो काम नपाएपछि तथा कम समयमा धेरै पैसा कमाउने महत्वकांक्षाले यौन पेशा अंगाल्ने गलत निर्णय लिएकोमा कतिपयको पछुतो पनि पाइन्छ ।
१८ बर्षीया मेघा राना उच्च शिक्षा हासिल गर्ने उमेरमा हरेक रात नेपालगन्जका फरक होटलका ग्राहक सन्तुष्ट पार्ने कलामा बितेको छ । ‘एकै रात ७ जनासम्मलाई चित्त बुझाएकी छु,’ निर्धक्क मेघाले ७ जनाको यौन प्यास मेटाउँदाको कथा सुनाउन पटक्कै धक मानिनन् ।

‘बानी परिसक्यो, कुन पुरुष के चाहन्छ भन्ने बुझेर काम गर्छु,’ उनी भन्छिन्, ‘साथीको लहैमा लागेर घर छोडेपछिको यो परिणाम हो ।’ मेघालाई अब पछुतो छ तर, के गर्नु ? ‘मत अब पनि पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ’, एसएलसी पढेपछि घर छाडेकी उनले पैसा कमाएर उच्च शिक्षा पढ्ने सोंच पनि सुनाइन् ।

अभिभावकको संरक्षणमा हेक्का नपुग्दा मेघाले बालबिबाह गरिन् । १५ वर्षमै गरेकी मेघालाई २ वर्षमै लोग्नेले छाडेर विदेशिए । माइती फर्किंदा आमाले अर्को बिबाह गरेर छाडेपछि बुवाले समेत हेरबिचार गर्न ध्यान दिएनन् । ‘आमाले छोडेर जानुभयो बुवाले पनि अर्को बिबाह गरेपछि म त्यो घरमा बस्नै सकिन,’ सबै तिरबाट एक्लो महसुस गरेर सुर्खेतबाट रोजगारीका लागि नेपालगन्ज आइन्, त्यो पनि साथीहरुकै लहैमा ।

‘साथीहरुले पनि लोग्ने छाडेकी भनेर आँखा लगाए, होटलमा काम थालेको मालिकबाटै यौन शोषण सुरु भयो,’ यतिकैमा मेघाको कथा सकिंदैछ, ‘अब रातीमा पनि काम सम्हाल भनेपछि त म यौनबजारकी पात्रमा रुपान्तरण भइसकेकी थिएँ ।’

नेपालमा कानुनी रुपमा यौन ब्यवसाय बर्जित छ । तरपनि लुकेर गरिने यो ब्यबसाय फस्टाउँदो अवस्थामा देखिएको छ । अधिवक्ता सुनिता शर्मा कति महिला बाध्यता र रहरमा यौन ब्यबसायमा लागेको पाइएको बताउछिन् । उनी भन्छिन्, ‘बाध्यताले लागेकाहरु होटेलका मालिकका बिरुद्ध नबोल्ने तथा बेश्याबृद्धि बिरुद्ध ठोस कानुन नहुदा पनि यो समस्या मौलाइरहेको छ ।’

महिला बेचबिखनका बिरुद्ध क्रियाशिल संस्था साना हातहरु नेपालकी अम्बिका थापा सरकारको कानुनी प्रावधान फितलो हुनु क्याविन रेष्टुरेन्ट, डान्स वार, मसाज सेन्टर लगायतका अबैध धन्दा हुने अखाडाहरुलाई बन्द गर्न नसक्दा यौन ब्यबसायमा महिलाहरु भासिएको बताउछिन ।

‘यौनकर्मी महिलाको पुनः स्थापनाको राम्रो पहल हुन नसक्नु जस्ता कारणहरुले गर्दा यो समस्या कम हुनुको सट्टा झन् झन् चर्किंदै गएको,’ अधिकारकर्मी थापाको टिप्पणी छ ।

होटल ब्यबसायी संघ बाँके नेपालगन्जका अध्यक्ष निम बहादुर थापाले फितलो कानुनका कारण यौन ब्यबसाय बताउँछन् । ‘होटलमा राख्दा बैवाहिक प्रमाणपत्र माग्ने व्यवस्था छैन्, श्रीमान श्रीमति हुँ भनेपछि होटलले बास दिन्न भन्न मिलेन,’ अध्यक्ष थापाले समग्र होटल व्यवसायीलाई एकै ठाउँमा राखेर बोल्न नमिल्ने तर्क गर्दै भने । थापाले यसो भनिरहँदा बाँकेका कतिपय स्टार होटलमै सेक्स स्क्याण्डल भएका घटनाहरु बारि आइसकेका छन् ।

इलाका प्रहरी कार्यालयले कोहलपुरले न्यु रातो भाले रेष्टुरेन्ट कोहलपुरबाट ४ जना महिलालाई नियन्त्रणमा लिएपछि उनीहरु स्तरीय होटलमै रात बिताउन जाने गरेको खुलासा गरेका थिए । गत महिनामात्र नेपालगन्ज न्यूरोड बौद्ध गुम्बा स्थित स्थानीयले यौनकर्मी महिलालाई रंगेहात प्रहरीका जिम्मा समेत लगाएका थिए ।

‘प्रहरीकै हाकिमहरु पनि ग्राहकका रुपमा बसेका छन्,’ तिनै मध्ये एकले भनिन्, ‘ग्राहकको स्तर र समय हेरे एक रातको ५ हजारसम्म लिन्छौं ।’ कतिपय होटलले आफैं ग्राहक व्यवस्था मिलाएर बोलाउने र आधा रकम ‘दलाली’को कमिशन लिने गरेको पनि यौनकर्मी महिलाको भनाइ छ ।

(यौनकर्मीसंग प्रत्यक्ष संवादका आधारमा तयार यो समाचार सामग्रीमा उनीहरुका पहिचान पुरै लुकाइएको छ । प्रस्तुतिको सहजताका लागि काल्पनिक नामको प्रयोग गरिएको हो ।)(रुपा गहतराज ले दैनिक नेपालगन्जमा लेखेकि छन)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईपीजी प्रतिवेदन कार्यान्वयनको प्रतिक्षामा छौँ : डा. थापा
ईपीजी प्रतिवेदन कार्यान्वयनको प्रतिक्षामा छौँ : डा. थापा
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
जेठ ३ गते शनिबारको राशिफल यस्तो छ
जेठ ३ गते शनिबारको राशिफल यस्तो छ