आजदेखि एसइई पूरक परीक्षा शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
५१ पटक हेरिएको
Shares
आजदेखि एसइई पूरक परीक्षा शुरु

सारांश

  • भक्तपुर, १९ साउन ।
  • देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा आजदेखि शुरु भएको छ ।
  • देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

भक्तपुर, १९ साउन । देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा आजदेखि शुरु भएको छ ।

देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले आवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

आज १९ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अंग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

त्यसैगरी, साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते बिहीबार ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

परीक्षाको नतिजा जतिसक्दो छिटो सार्वजनिक गर्ने योजना रहेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही हुन्छः मन्त्री रघुवीर महासेठ
निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही हुन्छः मन्त्री रघुवीर महासेठ
काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए
अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म जरिवाना
अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म जरिवाना
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्
पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने
पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा