आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २२, २०८१
|
|
६७ पटक हेरिएको
Shares
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

सारांश

  • काठमाडाैं।
  • बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।
  • उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो।

काठमाडाैं। बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।

उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो। पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो।

स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो। त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई अन्तरिक्षयात्रीलाई आईएसएसमै छाड्नु सुरक्षित हुने निर्णय गरेको थियो।

नासाका एक जना प्रवक्ताले अन्तरिक्षयान फिर्तीलाई एउटा सफलताको रूपमा व्याख्या गरे तापनि धेरै काम गर्न आवश्यक रहेको स्वीकारे।

बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वीको कक्षमा आठ महिना बिताएर स्पेसएक्स क्रु ड्र्यागन जमिनमा फर्कनेछन्।

प्रक्षेपणका क्रममा बुच विल्मोर र सुनी विलिअम्स आठ दिनका लागि भनेर अन्तरिक्ष केन्द्र गएका थिए।

नासाले उनीहरू राम्रो अवस्थामा रहेको र आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। जसका एक वरिष्ठ अधिकारीले उनीहरू आफ्नो कामका लागि उत्सुक रहेको बताएका छन्।

नासाका कमरसिअल क्रु प्रोगाम म्यानेजर स्टीभ स्टिचले भने: “उनीहरूले अहिले अगाडी बढिरहनु र… यानलाई सुरक्षित फिर्ता पठाउनुको महत्त्व बुझेका छन्।”

नासाका अधिकारीहरूले दुवै अन्तरिक्षयात्रीहरू आफ्नो लम्बिएको मिशनका लागि राम्रोसँग अनुकूल भइरहेको बताएका छन्।

उनीहरू दुवैले यसअघि अन्तरिक्षमा दुईपटक लामो अवधि बिताएका थिए।

शनिवार फर्किएको याने पृथ्वीसम्म आइपुग्न छ घण्टा लामो यात्रा गरेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अवतरणको गति कम गर्न प्यारासुट प्रयोग गरिएको थियो।

बोइङ कम्पनीले पहिलो पटक आफ्नो अन्तरिक्षयानमा अन्तरिक्षयात्रीसहित परीक्षण उडान गरेको थियो।

तर जुन ५ मा फ्लोरिडाको केप कनाभ्रलबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो।

त्यसले सामना गरेको हिलिअम चुहावट समस्या सामना गर्‍यो जसले प्रोपल्सन प्रणालीमा इन्धन पठाउँथ्यो। र यसका धेरै थ्रस्टरहरूले पनि राम्ररी काम गरेनन्।

बोइङ र नासाका इञ्जिनिअरहरूले महिनौँ लगाएर ती प्राविधिक समस्याहरू बुझ्ने प्रयास गरेका थिए।

तर अगस्ट महिनाको अन्त्यतिर अमेरिकी अन्तरिक्ष निकायले उक्त स्टारलाइनर अन्तरिक्षयात्री यात्रीलाई घर फर्काउन सुरक्षित नरहेको निर्णय गरेका थिए।

अवतरणपछि नासाका स्टीभ स्टीचले भने: “मानवीय दृष्टिकोणबाट हामी सबै सफल अवतरण भएकामा खुसी छौँ। तर पनि हामी सबैको मनको एउटा कुनामा त्यो हामीले योजना गरे अनुसार भइदिएको भए भन्ने कुरा खड्किरह्यो।”

“हामीले बुच र सुनीलाई यानमा राखेरै मिशन अवतरणको योजना बनाएका थियौँ।”

उनले त्यहाँ “स्पष्ट रूपमा काम गर्नुपर्ने” अवस्था रहेको भन्दै अब के हुन्छ भन्ने जान्नका लागि “केही समय” लाग्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
दीपक मनाङेले सपथ लिन नपाउने
दीपक मनाङेले सपथ लिन नपाउने
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन
आइपीएलमा नेपाली खेलाडी सन्दीपको सनसनीपूर्ण प्रदर्शन
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता,  देउवाको फेरि यस्तो प्रस्ताव
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता, देउवाको फेरि यस्तो प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?