आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेपछि ६ महिना जेल र जरिवाना
सारांश
- काठमाडौं ।
- भोजपुर जिल्ला अदालतले एक पुरुषलाई आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको भन्दै ६ महिना कैद सजाय सुनाएको छ ।
- कुनैपनि श्रीमतीको इच्छा नहुँदा नहुँदै श्रीमानले जर्बजस्तीकरणी गरेको खण्डमा उजुरी दिनपाउने कानुनी व्यवस्था छ ।
काठमाडौं । भोजपुर जिल्ला अदालतले एक पुरुषलाई आफ्नै श्रीमतीलाई जबर्जस्तीकरणी गरेको भन्दै ६ महिना कैद सजाय सुनाएको छ ।
कुनैपनि श्रीमतीको इच्छा नहुँदा नहुँदै श्रीमानले जर्बजस्तीकरणी गरेको खण्डमा उजुरी दिनपाउने कानुनी व्यवस्था छ । त्यही कानुनी व्यवस्था अनुसार उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्ने हेटौँडा, मकवानपुरका ३० वर्षीय अनिल तामाङलाई ६ महिना कैद, र रु ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।
न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले नयाँ कानुन अनुसार श्रीमतीलाई पनि जर्बजस्ती गर्न नपाइने व्यवस्था अनुसार फैसला गरेको हो । मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।
तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया