बादलका कारण रोकियो पोलिटव्यूरो गठन, तनावमा प्रचण्ड !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बादलका कारण रोकियो पोलिटव्यूरो गठन, तनावमा प्रचण्ड !

सारांश

  • नेकपाले पोलिटव्युरो सदस्यहरु चयन गर्ने तयारी गरेको एक हप्ता पहिला नै हो ।
  • त्यसै अनुसार संभावित नाम पनि सार्वजनिक भएका थिए ।
  • तर, त्यसमा पूर्वमाओवादी केन्द्रमा भने ठूलो समस्या आईलागेको श्रोत बताउँछ ।

नेकपाले पोलिटव्युरो सदस्यहरु चयन गर्ने तयारी गरेको एक हप्ता पहिला नै हो । त्यसै अनुसार संभावित नाम पनि सार्वजनिक भएका थिए । तर, त्यसमा पूर्वमाओवादी केन्द्रमा भने ठूलो समस्या आईलागेको श्रोत बताउँछ । जसले गर्दा पोलिटव्युरोमा पर्ने नेताको नाम छनौटमा चर्कोे मतभेद उत्पन्न भएको छ । प्रचण्डले पोलिटव्युरोको नाम छनौट गर्न नसक्ने भएपछि अर्का अध्यक्ष केपी ओलीलाई जानकारी गराएर केही समय मागेका थिए । तर, प्रचण्डले पोलिटव्युरोको नाम अहिलेसम्म त्यो छनौट गर्न सकेका छैनन । त्यसको सबैभन्दा ठूलो समस्या भने प्रचण्डका लागि नेता रामबहादुर थापा वादल भएको स्रोत बताउछ ।

अहिले प्रचण्ड वादललाई विश्वास गरेर हिंड्न सक्ने अवस्थामा नरहेको उनी निकट स्रँेत बताउछ । गृह मन्त्री बादल हाल ओली गुटमा गएको पूर्वमाओवादीको टीममा चर्चा छ । बादलकै अड्चनको विषयमा २०७६ जेठ ७ गते प्रचण्ड निवासमा पूर्वमाओवादीहरुको भेला समेत भएको थियो ।

केही सीमित नेताहरु भेला भएको त्यो बैठकमा अनौपचारिकरुपमै बादलको विषयमा कुरा उठेको स्रँेत बताउछ । तर, के कस्तो मापदण्ड अनि कुन आधारमा पोलिटव्युरो सदस्यहरु छनौट गर्ने भन्ने समस्या पूर्व माओवादी केन्द्रमा उत्पन्न भएको बताइन्छ ।

अध्यक्ष प्रचण्ड बादलको टीमलाई केही भाग दिनुपर्ने बाध्यतामा छन् । तर, बादल ओली गुटमा गएको अवस्थामा पार्टी्भित्र आफू कमजोर हुने आंकलन प्रचण्डले गरिसकेको बताइन्छ । प्रचण्डले बादललाई गृहमन्त्रालयबाट फाल्ने योजना बनाएपछि बादलले पनि प्रचण्डलाई रिस फेर्न अध्यक्ष ओली निकट हुन पुगेको भएको चर्चा छ ।

केही समयदेखि प्रधानमन्त्री ओलीको सल्लाह र निर्देशनमा मात्रै बादलले गृह मन्त्रालय चलाएको भन्दै पूर्वमाओवादीको एक हुल प्रचण्डलाई उजुरी गर्न पुगेको स्रँेत बताउछ ।

स्रोतका अनुसार, प्रचण्ड पनि वादललाई विच्क्याउन नहुने मुडमा रहेका छन् । तर, मन्त्री फेर्ने कुरा चाहिं औपचारिक रुपमा प्रचण्ड भारत भ्रमणमा जानुभन्दा केही दिन पहिला बोलेका थिए । त्यही बोलीपछि बादल र ओलीको गठजोड बाक्लो भएको हो । गृह मन्त्रीलाई फालेपछि दोस्रो स्टेपमा प्रधानमन्त्रीलाई पनि फाल्ने योजनामा प्रचण्ड देखिएपछि प्रधानमन्त्री ओली पनि वादललाई साथ लिन बाध्य भएको बताइन्छ ।

त्यसपछि जनार्दन शर्मा र बर्षमान पुन अहिले वादललाई जसरी पनि किनारा लाउने सोचमा रहेको चर्चा पनि छ । हुन त अहिले मन्त्री पुन पनि प्रधानमन्त्री ओलीनिकट भइसकेको स्रोत बताउछ । बरु प्रधानमन्त्री ओलीले रुचाएका शर्मा ओलीबाट विच्किएर प्रचण्डकै गुटमा पुगेको चर्चा पनि छ । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ
हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
पालिकामा राप्रपाले खाता खोल्न सकेन, वडा तहमा भने १५ स्थानमा विजयी
पालिकामा राप्रपाले खाता खोल्न सकेन, वडा तहमा भने १५ स्थानमा विजयी
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
एमालेका यी ठूला नेता भए ‘बाइपास’, मच्चियो खैलाबैला
एमालेका यी ठूला नेता भए ‘बाइपास’, मच्चियो खैलाबैला
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
“winline Делает Разницу! Букмекерская Контора Winline Онлайн Ставки На Спорт!
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई
पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमाः महासंघले गर्यो बिदाई