औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२०४ पटक हेरिएको
Shares
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर

सारांश

  • औषधी सेवनबाट गर्भपतन गराउने संख्या बढ्दै गएको छ ।
  • जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी हरिओम पोखरेलका अनुसार गत २ बर्षको अवधिमा ललितपुर जिल्लाबाट ४ हजार ९ सय ११ जनाले गर्भपपतन गराए ।
  • जसमा ३ हजारले औषधि सेवनबाट गर्भपपतन गराएको देखिएको खबर आजको कान्तिपुरमा छ ।

औषधी सेवनबाट गर्भपतन गराउने संख्या बढ्दै गएको छ । जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी हरिओम पोखरेलका अनुसार गत २ बर्षको अवधिमा ललितपुर जिल्लाबाट ४ हजार ९ सय ११ जनाले गर्भपपतन गराए । जसमा ३ हजारले औषधि सेवनबाट गर्भपपतन गराएको देखिएको खबर आजको कान्तिपुरमा छ ।

स्त्री रोग विशेषज्ञ डा. किरण रेग्मीका अनुसार अधिकांश किशोरीले डाक्टरको सल्लाहबिना मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँछन् । यसले दिर्घकालीन रुपमै किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

औषधि खाएर घरमै बसी गर्भपतन गराउन मिल्ने, गोप्यता कायम रहने भएकाले यो विधि अपनाउनेको संख्या बढेको छ ।
जथाभावी औषधि प्रयोगले महिलाको प्रजनन स्वास्थ्यमा धेरै नकारात्कम असर पार्ने र अत्याधिक रक्तश्राप भएर महिलाको ज्यानै पनि जान सक्ने डा.रेग्मीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?