कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

सारांश

  • कञ्चनपुर, असार २२ – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
  • मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो ।
  • उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याउनु भएको छ ।

कञ्चनपुर, असार २२ – कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याउनु भएको छ । यस्तै उपमेयरमा नेकपा एमालेका चित्रा कुमारी चौधरीले ६७४८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादीका राधादेवी खरेलले ६१२१ मत ल्याउनु भएको छ ।

७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा अहिलेसम्म भिमदत्त नगरपालिका र पुनर्बास नगरपालिका बाहेक अरु ७ वटा स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?