कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन् : रामचन्द्र पौडेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन् : रामचन्द्र पौडेल

सारांश

  • गोरखा, १६ पुस ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बतानुभएको छ ।
  • राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको बताउनुभयो ।

गोरखा, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बतानुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दैहुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुँन्छ । उहाँहरुले अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’

वरिष्ठ नेता पौडेलले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तीले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताउनुभयो । कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहिन बनेको पौडेलको भनाई थियो । नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउदै पौडेलले भन्नुभयो–‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन् । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’

सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउदै देशभर कांग्रेसका पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउछ भन्ने कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।

सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको पौडेलले बताउनुभयो । उहाँले बर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनि काण्ड कायौ काण्डमा सरकार मुछिएको बताउनुभयो ।

उहाँले बुढीगण्डकीमा बिनाप्रतिपर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टचार भएको जिकिर गर्नुभयो । ठूला सवै आयोजना प्रधानमन्त्री कार्यालयको मताहतमा राखेर प्रधानमन्त्रीले बोली भन्दा व्यवहार फरक गरेर भ्रष्टचारलाई प्रश्रय दिएको बताउनुभयो । प्रधानमन्त्रीले काण्डै काण्ड मच्याएर पैसाको राजनीतिलाई बढवा दिएको पौडेलको आरोप थियो । उहाँले पैसाको राजनीति लोकतन्त्र र सुशासनको सवैभन्दा ठुलो शत्रु भएको तर्क गर्नुभयो ।

पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको बताउदै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तीका बीचमा अझै पनि एकता आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले राष्ट्रियताका लागि मेलमिलाप आवश्यक रहेको निष्कर्षमा अझै रहेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस सच्चा राष्ट्रवादी शक्ती रहेको बताउदै भन्नुभयो–‘कांग्रेस राष्ट्रवादी शक्ती हो । कांग्रेस हिमाल पहाड तराईलाई एकै ठाँउमा राख्ने प्रयासमा लाग्यो । तर चुनावमा बेलामा मधेशलाई विहारमा मिसाउदा हुन्छ भन्ने केपी ओलीलाई राष्ट्रवादी भनियो । अब कांग्रेसले सच्चा राष्ट्रवादी शक्ती हो भनेर जनतालाई बुझाउन जरुरी छ ।’

पौडेलले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै भन्नुभयो–‘पार्टी एक बन्नुपर्छ भनेर मैले विपी सुवर्णका पालादेखि नै भन्दै आएको हो । तर पार्टी एकता मुद्दामा हुन्छ । जीवन्त र लोकतान्त्रीक पार्टीमा छलफल र बहस हुन्छ ।’ पौडेलल महासमिति बैठकमा पार्टी सभापति पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनाउन तयार भएपछि त्यो मुद्दा सभापतिसंग आफु एक भएको बताउनुभयो ।

उहाँले एकताका लागि न्याय, निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्ने बताउनुभयो । उहाँले आफु अर्लि महाधिवेशनको पक्षमा नभई टाइम्ली महाधिवेशनको पक्षमा भएको स्पष्ट पार्नुभयो । उहाँ अहिले देखि सदस्यता वितरण अभियान सुरु गरेर टोल, वडा, गाउ नगर तथा सवै तहगत अधिवेशन गर्ने हो भने अब टाइम्ली महाधिवेशन संभव भएकाले केन्द्रीय समितिको बैठकमा आफुले सोही धारणा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको उज्यालो भविश्यका लागि अब क्यालेण्डरमा काम गर्न जरुरी छ । क्यालेण्डरमा काम गरे मात्र कम्युनिष्टसंग लड्न सकिन्छ ।’

नेता पौडेलले कार्यकर्ताले पनि सहिलाई सहि गलतलाई गलत भन्नसक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘सय भारी खर काट्ने र सय भारी खर आगो लगाउनेलाई एउटै व्यवहार गर्न हुँदैन् । कार्यकर्ताले नेताको मुल्याङकन गर्न सके मात्र नेताले कार्यकर्ताको सहि मुल्याङकन गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?