कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा

सारांश

  • काठमाडौं, ३० फागुन- दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजका चालक र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भएका छन् ।
  • त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले मंगलबार गरेको पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको सम्वाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानविन गर्न लागिएको जानकारी दिए ।
  • गौतमले भने, ‘ककपिट र एटीसीबीचको संवाद कसले उपलब्ध गरायो र कसले किन सार्वजनिक गरे, सबै कुरा छानविन हुन्छ ।

काठमाडौं, ३० फागुन- दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजका चालक र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने भएका छन् ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले मंगलबार गरेको पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको सम्वाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानविन गर्न लागिएको जानकारी दिए । गौतमले भने, ‘ककपिट र एटीसीबीचको संवाद कसले उपलब्ध गरायो र कसले किन सार्वजनिक गरे, सबै कुरा छानविन हुन्छ ।’ यसैबीच नागरिक उड्डयन कार्यालयले सोमवार यूएस बाङ्ला एअरवेज विमान दुर्घटना हुँदा ट्रफिक कन्ट्रोल कक्षमा रहेका ६ जना कर्मचारीलाई ‘ड्यूटी अफ’ गरेको छ ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटना पछि आपतकालिन सेवा ३ मिनेट भित्रै पुग्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेपनि त्यसभन्दा चाँडै २ मिनेट भित्रै उद्दार टोली पुगेको अधिकारीहरुले दावी गरे । ‘विमानमा लागेको आगोले विमानस्थलको घाँसे क्षेत्रमा डढेलो लागेकाले आगो नियन्त्रण गर्न अलि कठिनाई भएको हो । दमकल लगायत उद्दार टोली समयमै पुगेको हो ।’ महानिर्देशक गौतमले भने ।

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरवेजको विमान दुर्घटनामा चालक दलका चारै जना सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये थोरैको मात्र अवस्था गंभिर छ । उनीहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव आफन्तलाई बुझाउन केही समय लाग्ने अधिकारीहरुले बताएका छन् । शवको पहिचान हुन समय लाग्ने र डिएनए परीक्षणपछि मृतकको शव आफन्तलाई बुझाइनेछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धमा समस्या परेकालाई राहत दिन फुड ब्याङ्क सुरु
बौद्धमा समस्या परेकालाई राहत दिन फुड ब्याङ्क सुरु
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
काभ्रेको सर्वोद्वार माविका विद्यार्थीलाई लुगा, जुत्ता लगायतका सामग्री वितरण
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
च्याम्पियन्स लिग:लिभरपुल र बायर्नको गोलरहित बराबरी
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
ओंठको कालोपन हटाउने घरेलु तरिका
ओंठको कालोपन हटाउने घरेलु तरिका
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
यी राजाका एक सय पत्नी पाँच सय सन्तान
यी राजाका एक सय पत्नी पाँच सय सन्तान

तपाईंले छुटाउनुभयो कि?