कांग्रेसको कन्तविजोग छ:ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७३
|
|
५३० पटक हेरिएको
Shares
कांग्रेसको कन्तविजोग छ:ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् ।
  •  कांग्रेसको कन्तविजोग नै भएको उनले बताए ।
  • शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, विचरा कांग्रेस !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् ।  कांग्रेसको कन्तविजोग नै भएको उनले बताए ।

शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, विचरा कांग्रेस ! कन्तविजोग नै छ ।’

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २/४ जना उफ्रियो भने डराएर भाग्ने गरेको उनको आरोप छ । उनले भने, ‘लाखौं जनतालाई देख्दैन, चार जना विदेशी दलाल उफ्रिएको देख्छ ।’

विगतमा कांग्रेसले कम्युनिष्ट आयो भने बुढाबुढीलाई गोली ठोक्छ, कांग्रेसले विकास गर्छ भनेर ढाँट्ने गरेको भन्दै पूर्व प्रधानमनत्री समेत रहेका ओलीले अब कांग्रेससँग जनता अलमल्याउने विषय पनि भएको बताए । उनले, अब कांग्रेसले विकास गर्छ भन्यो भने कसैले पत्याउँदैन ।’

०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएको भएपनि केही गर्न नसकेको दाबी गर्दै उनले भने, बाँदरको हातमा नरिबल दिएर के गर्नु ?’

एमालेको जितलार्इ कसैले रोक्न नसक्ने भन्दै उनले प्रश्न गरे, डराएर कहाँ भाग्ने ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे तेस्राे अभ्यास खेल अाज, नेपाल टस हारेर ब्याटिङ्मा
नेपालकाे तेस्राे अभ्यास खेल अाज, नेपाल टस हारेर ब्याटिङ्मा
मनाेरंजन समाचार: सनी लियोनीका विषयमा नयाँ खुलासा
मनाेरंजन समाचार: सनी लियोनीका विषयमा नयाँ खुलासा
Ishaan Khatter goes down on his knees for Janhvi Kapoor during ‘Dhadak’ promotions, watch
Ishaan Khatter goes down on his knees for Janhvi Kapoor during ‘Dhadak’ promotions, watch
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
३ महिनामा  ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात
३ महिनामा ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?