कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
८८ पटक हेरिएको
Shares
कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी

सारांश

  • काठमाडौँ, ७ जेठ ।
  • कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ ।
  • प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, ७ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ ।

प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा काँग्रेसकै अनिता अधिकारीले छ हजार २८४, एमालेका बिन्दु सिम्खडाले छ हजार १७१, माओवादीका रुकु रणपालले एक हजार ८०१ र राप्रपाका कुस्मा नगरकोटीले ८०९ मत पाउनुभएको छ ।

निर्वाचन कार्यालयले आइतबार दिउँसो वडा नं ७ को मतगणना सकेको छ । ७ नं वडामा अध्यक्षसहित पाँचवटै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जीवन थापा एक हजार २९० मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शैलेन्द्र रायमाझीले ८६८ मत पाउनुभयो ।

यसैगरी महिला सदस्यमा शर्मिला कार्की, दलित महिला सदस्यमा शान्ता विशुङ्खे, खुल्ला सदस्यद्वयमा क्रमशः लक्ष्मण पुरी र सहदेव कार्की विजयी हुनुभएको छ । नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत
सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
नामावालीमा नाम छुट भएकाहरुको लागि नयाँ मतदाता नामावली संकलन गरिने
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका यी अाठ वटा कलेजमा भर्ना खुल्याे!
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

तपाईंले छुटाउनुभयो कि?