काठमाडौंमा ३ जना लुटेरा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौंमा ३ जना लुटेरा पक्राउ

सारांश

  • काठामडौं।
  • प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ।
  • शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटिपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो।

काठामडौं। प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ।
शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटिपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, धादिङ गल्छीकै २५ वर्षीय केदार अधिकारी र काभ्रे भुम्जु घर भई हाल चावहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती रहेको जानकारी गराएको हो। उनीहरुको साथबाट ठूलो चाइनिज पेस्तोल–१ थान, एक राउण्ड गोली र १ थान खुकुरी समेत बरामद गरिएको परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए।

प्रहरीले उप्रेतीको साथबाट पेस्तोल बरामद गरिएको पनि जनाएको छ। उप्रेती गुण्डा नाईके कुमार घैँटको सहयोग भई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी लामाले बताए। त्यसैगरी जग्गा कारोबारमा संलग्न केदार प्रसाद अधिकारी सार्वजनिक अपराधमा दुई पटक सजाय पाईसकेका हुन भने केदार प्रसाद अधिकारी नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागेर विभिन्न अपराध कर्ममा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने
कांग्रेस र एमाले मिल्न दबाब
कांग्रेस र एमाले मिल्न दबाब
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने
हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने
विद्यालयबाट अपहरणमा परेकाबालकको उद्धार
विद्यालयबाट अपहरणमा परेकाबालकको उद्धार
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?