पेटभित्रबाटै बालबालिका किनबेच हुन थालेपछि …
सारांश
- इन्डोनेसिया (बिबिसी) – सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बालबालिका बेचेको अभियोगमा चार इन्डोनेसियाली नागरिक पक्राउ परेका छन्।
- फेमिली वेल्फेयर एजेन्सी दाबी गरिएको इन्स्टाग्राम अकाउन्टले गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरुका तस्बिर पोस्ट गरेको थियो ।
- बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सेप्टेम्बर ३ का लागि हुँदै गरेको बच्चा किनबेच रोकेको र त्यसमा संलग्न चार जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
इन्डोनेसिया (बिबिसी) – सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बालबालिका बेचेको अभियोगमा चार इन्डोनेसियाली नागरिक पक्राउ परेका छन्। फेमिली वेल्फेयर एजेन्सी दाबी गरिएको इन्स्टाग्राम अकाउन्टले गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरुका तस्बिर पोस्ट गरेको थियो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सेप्टेम्बर ३ का लागि हुँदै गरेको बच्चा किनबेच रोकेको र त्यसमा संलग्न चार जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । एलए मात्रै भनेर चिनाइएकी एक २२ वर्षीया महिलाले आफ्नो ११ महिने बच्चालाई बेच्न खोजिरहेको अवस्थामा प्रहरीले रोकेको बताइएको छ ।
त्यसरी बच्चा किन्न लागेका ग्राहकले एलएलाई नौ सय ८५ डलर, दलाल र सो इन्स्टाग्राम पेजको आरोपित सञ्चालकलाई पनि केही डलर तिर्न लागेका थिए । बच्चा किनबेचमा संलग्न चारै जनालाई पक्राउ गरिएको बताइएको छ । बाल संरक्षण कानुनको उल्लङ्घन गरेको आरोपमा तिनीहरुलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने सुदामिरनले बताएका छन्।
इन्डोनेसियाको सरकारी निकाय, इन्डोनेसियन बाल संरक्षण आयोग (केपिएआई)का उपाध्यक्ष रीता प्रनावतीले इन्डोनेसियामा बालबालिको किनबेचसम्बन्धी मुद्दा यसअघि पनि हुने गरेको बिबिसीसँगको कुराकानीका क्रममा बताएकी छिन् ।
ती तस्बिरहरु इन्स्टाग्राममा राख्दै बच्चाहरु किन्न चाहाने सम्भावित क्रेताका लागि टेलिफोन नम्बर उपलब्ध गराएको थियो । ‘त्यस्तो नम्बर अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत क्रेताले प्रयोग गर्न सक्ने बनाइएको थियो,’ सुराबया प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । एउटा बच्चा बेच्दै गरेको अवस्थामा रोक्न प्रहरी सफल भएको भए पनि कम्तीमा एक जना बेचिएको बालकबारे भने अझै खोजी कार्य भइरहेको बताइएको छ ।
‘बालक गोद लिन चाहाने मानिसले सो अकाउन्ट प्रयोग गरे पनि मोलतोल चाहिं ह्वाट्सएपबाट हुने गरेको थियो,’ सुराबयाका प्रमुख जासुस कर्णेल सुदामिरनलाई उद्धृत गर्दै देतिक समाचार वेबसाइटले जनाएको छ । सो न्युज वेबसाइटका अनुसार उक्त अकाउन्टले कन्सल्टेन्सी सेवाका रूपमा काम गरिरहेको थियो, जसले पारिवारिक समस्या हल गर्ने उल्लेख गरेको थियो । सात सयजना भन्दा बढी फलोअर्स रहेको सो अकाउन्टमा अनुहारसहितका बच्चाहरुका तस्बिरलाई धमिलो पारेर उनीहरुका उमेर, ठेगाना र धर्मको विवरण राखिएका छन् ।
इन्स्टाग्राम अकाउन्टमा अपरेटर र ग्राहकबीच भएको भनिएको वार्तालापका स्क्रिनसट समेत राखिएका छन् । त्यसरी राखिएका वार्तालापमध्ये एउटामा त एक महिलाले आफू सात महिनाको गर्भवती भएको र आफ्नो परिवारले थाहा नपाओस् भन्ने चाहाना राखेको उल्लेख गरेकी छन्।
त्यसैगरी अर्को पोस्टमा ठेगानाको विस्तृत विवरणसहित एक गर्भवती महिलाको तस्बिर राखिएको छ । उनको तस्बिरमा रहेको क्याप्सनमा उनी गर्भवती रहेको र उनीबाट जन्मिने बच्चालाई कसैले लिन चाहेमा दिइएको नम्बरमा सम्पर्क गर्न भनिएको छ । यद्यपि यी पोस्टहरुमा तोकेरै बच्चाहरुको किनबेचबारे भने उल्लेख गरिएको छैन।
प्रतिक्रिया