कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
२१५ पटक हेरिएको
Shares
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी

सारांश

  • २ जेठ, पोखरा ।
  • मादी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका वेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् ।
  • निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवीजंग गुरुङलाई ९ सय ८४ मतले पछि पार्दै गुरुङ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

२ जेठ, पोखरा । मादी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका वेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवीजंग गुरुङलाई ९ सय ८४ मतले पछि पार्दै गुरुङ गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी गुरुङले ४ हजार ६ सय ३७ मत प्राप्त गरे भने देवीजंगले ३ हजार ६ सय ५३ मत प्राप्त गरे ।

गाउँपालिका उपप्रमुखमा एमालेका विष्णु पौडेल विजयी भइन् । गुरुङले नेपाली कांग्रेसका प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पछि पार्दै जित हात पारेकी हुन् । विजयी पौडेलले ४ हजार ५ सय २३ र पराजित प्रभाश्रीले ३ हजार १ सय ३१ मत प्राप्त गरे ।

मादी गाउँपालिकामा नेकपा एमालेले ६ वटा वडामा वडाध्यक्षसहित प्यानल जितेको छ भने नेपाली कांग्रेसले ३ वडामा वडाध्यक्षसहित प्यानल र नेकपा माओवादी केन्द्रले ३ वडामा वडाध्यक्ष जितेको छ ।

मादी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङ विजयी भएका हुन् । उनले ६ सय २६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुला सदस्यमा टीकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।

वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मादी २ मा एमालेका उम्मेद्वार एक्काजंग गुरुङ ३ सय ९९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजबहादुर गुरुङले २ सय ९६ मत प्राप्त गरे ।

महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा विन्दुकुमारी परियार तथा खुला सदस्यमा देवन गुरुङ र दिलबहादुर गुरुङ बिजयी भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले जानकारी दिए ।

वडा नम्बर ३ को वडाध्यक्षमा मनबहादुर गुरुङको एमाले प्यानल विजयी भएको छ । गुरुङले ३ सय ५५ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ज्यामबहादुर गुरुङले ३ सय २६ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा कांग्रेसका धनमाया गुरुङ, दलित महिला सदस्यमा कमला विक र खुला सदस्यमा तेजबहादुर गुरुङ र लोकबहादुर गुरुङ विजयी भएका छन् ।

मादी गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा सत्यराज सापकोटासहित एमालेको प्यानल नै विजयी भएको छ । सापकोटाले ४ सय ८३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका विश्वराज सापकोटाले २ सय १२ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला वडा सदस्यमा एमालेका लोककुमारी घर्ती, दलित महिला सदस्यमा कल्पना विक र खुल्ला सदस्यमा बृहस्पति सापकोटा र शिवप्रसाद सापकोटा बिजयी भएका छन् ।

मादी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले प्यानल जित हासिल गरेको छ । कांग्रेसले वडाध्यक्षमा रतनबहादुर गुरुङसहित प्यानल नै जित हात पारेको हो । वडाध्यक्षमा विजयी गुरुङ ५ सय २ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुब्बा गुरुङले ४ सय ३ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसका पार्वती राना मगर, दलित महिला सदस्यमा सोममाया सार्की तथा खुला सदस्यमा सरोज केसी र हुमनाथ अधिकारी बिजयी भए ।

त्यस्तै, वडा नम्बर ६ मा एमालेका पसबहादुर बास्तोलासहितको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी बास्तोलाले ४ सय १७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर जिसीले २ सय ३४ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका शिवा त्रिपाठी, दलित महिला सदस्यमा सुन्दरी परियार तथा खुला सदस्यमा भीमबहादुर गुरुङ र चन्द्रबहादुर रानामगर विजयी भए ।

वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङ वडाध्यक्षमा विजयी भए । उनले ३ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण गुरुङले २ सय ८० मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी विष्णुकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकै चित्रकुमारी विक, खुल्ला सदस्यमा माओवादीका नारायण सापकोटा र बिरबहादुर गुरुङ बिजयी भए ।

वडा नम्बर ८ मा वडाध्यक्षमा यामबहादुर गुरुङसहित कांग्रेसको प्यानल बिजयी भएको छ । विजयी गुरुङले ४ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर सुबेदीे २४३ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी लालदेवी घले, दलित महिला सदस्यमा पञ्चकुमारी सार्की तथा खुल्ला सदस्यमा कुलवीर गुरुङ र तुलाप्रसाद रिजाल बिजयी भए ।

वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भए । विजयी गुरुङले ४११ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मीनबहादुर गुरुङले ३०९ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी रिता अधिकारी, दलित महिला सदस्यमा पदमकुमारी सार्की तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र सञ्जय गुरुङ विजयी भए ।

वडा नम्बर १० मा वडाध्यक्षमा कुलप्रसाद गुरुङसहितको एमाले प्यानल विजयी भएको छ । विजयी गुरुङले ५ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर गुरुङले २७७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै विष्णु सुवेदी, दलित महिला सदसयमा बिना दमाइँ तथा खुला सदस्यमा गमबहादुर गुरुङ र विष्णुप्रसाद गौतम विजयी भए ।

वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका मित्रबहादुर गुरुङ वडाध्यक्षमा बिजयी भएका छन् । बिजयी गुरुङले २ सय ३५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर तामाङले २ सय १८ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी छल्बी गुरुङ र दलित महिला सदस्यमा कांग्रेसकी दुर्गा सूचीकार तथा खुल्ला सदस्यमा नेपाली कांग्रेसका ईश्वर गुरुङ र माओवादी केन्द्रका भीमप्रसाद काफ्ले विजयी भए ।

वडा नम्बर १२ को वडाध्यक्षमा चित्रबहादुर गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा बिजयी गुरुङले ३ सय ३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णचन्द्र बरालले २ सय ५६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सरिता पौडेल, दलित महिला सदस्यमा सिता दमाई तथा खुला सदस्यमा इन्द्रबहादुर खत्री र सूर्यबहादुर रानाभाट बिजयी भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
चर्चामा चितवन ३ : प्रचण्ड कि पाण्डे ? यस्तो छ आंकलन
चर्चामा चितवन ३ : प्रचण्ड कि पाण्डे ? यस्तो छ आंकलन
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न  निर्देशन
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चा एमाले–माओवादीसँग एकता गर्न जादैनः अध्यक्ष केसी
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

तपाईंले छुटाउनुभयो कि?