एकताबाट भाग्ने छुट दुवै पार्टीका कुनैपनि नेतालाई छैन: ईश्वर पोखरेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
एकताबाट भाग्ने छुट दुवै पार्टीका कुनैपनि नेतालाई छैन: ईश्वर पोखरेल

सारांश

  • काठमाडौं, १९ वैशाख।
  • रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता प्रक्रियालाई कसैले पनि आफुलाई केन्द्रमा राखेर व्याख्या गर्ने नहुने बताउनुभएको छ ।
  • एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने मात्रै नभै परिवर्तनको चाहनालाई समेत सम्वोधन गर्ने भन्दै मन्त्री पोखरेलले आफुलाई केन्द्रभागमा राखेर सोच्ने कुरा दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

काठमाडौं, १९ वैशाख। रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता प्रक्रियालाई कसैले पनि आफुलाई केन्द्रमा राखेर व्याख्या गर्ने नहुने बताउनुभएको छ ।

एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने मात्रै नभै परिवर्तनको चाहनालाई समेत सम्वोधन गर्ने भन्दै मन्त्री पोखरेलले आफुलाई केन्द्रभागमा राखेर सोच्ने कुरा दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

‘भोली मेरो थान्कोमान्को कहाँ हो भनेर सोच्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ’–उहाँले भन्नुभयो– ‘यस्तो कुराले अव चल्दैनन् ।’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यभार हस्तातरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले भन्नुभयो ।

एकताबाट भाग्ने छुट दुवै पार्टीका कुनै पनि नेताहरुलाई नहुने भन्दै उहाँले एकताको सन्दर्भमा अहिले बजारमा आएका कुराबाट कोही पनि विचलित हुन नहुने बताउनुभयो ।

‘दुईओटा कम्युनिस्ट पार्टीहरु हामी जुन कोर्षबाट अगाडि आयौं, त्यो एकता हुन्छ । एकताबाट भाग्ने छुट दुवै पार्टीका कुनैपनि नेतालाई छैन ।’–उहाँले भन्नुभयो– ‘एकताका सन्दर्भमा धेरै कुरा अहिले बाहिर आएका छन्, त्यसबाट कोहीपनि विचलित नहुनुस । एउटा न्यायोचित र सम्मानजनक हुन्छ, समानताका आधारमा एकता हुन्छ ।’

एकतालाई प्रतिशतमा नबुझ्न आग्रह गर्दै पोखरेलले समानताको अर्थ प्रतिशत नहुने स्पष्ट पार्नुभयो । ‘एकतालाई ५०÷५० वा ६० ÷४० प्रतिशत भनेर नबुझनुहोला । समानताको अर्थ प्रतिशतमा होइन, यो त अन्यायपूर्ण हुँदैन न्यायोचित हुन्छ । अपमानजनक हुँदैन सम्मानजनक हुन्छ र असमानताको आधारमा नभै समानताको अधारमा हुन्छ ।’–पार्टी एकता संयोजन समितिका सदस्य समेत रहनुभएका नेता पोखरेलले भन्नुभयो ।

उहाँले पार्टी एकताका लागि कार्यदलबाट हुनुपर्ने सम्पूर्णकाम सम्पन्न भैसकेको भन्दै त्यसलाई अन्तिम विट मार्न कार्यदल स्तरमा दुई अध्यक्षलाई निश्चित विषयका केही कुरा टुंग्याउनबाँकी रहेको बताउनुभयो । दुई अध्यक्षले बुद्धिमतापूर्ण हिसावले, आन्दोलनको हितमा र आम कार्यकर्ताहरुको चाहना अनुरुप एकतालाई निष्कर्षमा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ❤ Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?