तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
४९ पटक हेरिएको
Shares
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेस सम्बद्ध  तारकेश्वर गाँउपालिकाले यही असार ३ गते तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठन गर्ने भएको छ ।
  • नुवाकोटको  तारकेश्वर घर भई काठमाण्डौमा बसोबास गरी बिभिन्न व्यापार व्यवसायमा लागेका महानुभावहरुको बृहत भेला गरी कमलादीको सि डब्लु पार्टी हलमा हुन लागिरहेको उक्त भेलामा २ सय भन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ  ।

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध  तारकेश्वर गाँउपालिकाले यही असार ३ गते तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठन गर्ने भएको छ ।

नुवाकोटको  तारकेश्वर घर भई काठमाण्डौमा बसोबास गरी बिभिन्न व्यापार व्यवसायमा लागेका महानुभावहरुको बृहत भेला गरी कमलादीको सि डब्लु पार्टी हलमा हुन लागिरहेको उक्त भेलामा २ सय भन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ  ।

यसैगरी नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका समन्वय समितीका संयोजक होमबहादुर तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै समग्र तारकेश्वरको बिकासका लागि अभियान सञ्चालन गर्नको लागि र भाईचाराको सम्बद्धलाई मजबुत बनाउँदै बिकास निर्माणको नयाँ आयमको लागि सहयोगी संस्था बन्नको लागि तारकेश्वर काठमाण्डौ समन्वय समिती गठन गर्न लागिएको बताउनुभयो ।

उहाँले काठमाण्डौमा बस्नुभएका नेपाली कांग्रेस सम्बद्ध तथा प्रजातान्त्रिक बिचारधारामा आस्था राख्ने साथीहरुलाई यही असार ३ गते हुने गठन सभामा सहभागि हुनको लागि हार्दिक अपिल समेत गर्नुभएको छ ।

कमलादी हलमा बिहान ११ बजे बाट सुरु हुने सो कार्यक्रममा तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठनसँगै औपचारिक शुभारम्भ तथा बिभिन्न उपसमिति सँगसँगै बिभिन्न बिभागहरुको पनि बाँडफाड गरिने संयोजक तामाङले बताउनुभयो ।

उहाँले तारकेश्वर क्षेत्रका काठमाण्डौबासीलाई गोलबद्ध गर्नुपर्ने आवश्यक्तालाई अंगीकार गर्दै यो भेला आयोजना गरिएकोले यसलाई सबैले सकारात्मक सोचको रुपमा लिई सबैले आआफ्नो ठाँउबाट आफ्नो जन्मथलोलाई नमुना र समुन्नत बनाउनका लागि लागी पर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
प्रहरी अधिकृतहरुका लागि ‘मोटिभेसनल क्लास’ (हेर्नुहोस् ९ तस्बिरमा)
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
मंसिर १८ गते बुधबारको राशिफल यस्तो छ, कुन राशिलाई आज कुन शुभ अंक ?
मंसिर १८ गते बुधबारको राशिफल यस्तो छ, कुन राशिलाई आज कुन शुभ अंक ?
स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन-नारायणकाजी श्रेष्ठ
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो