केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.

सारांश

  • ९ असार, बिराटनगर ।
  • दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।
  •   चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् ।

९ असार, बिराटनगर । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।

 

चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टीका अध्यक्ष बिराटनगर आउने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले अर्को संयुक्त सभालाई सम्वोधन गर्नेछन् ।

नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार एमाले र फोरम लोकतान्त्रिकले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई दुवै पार्टीका केपी शर्मा ओली र विजयकुमार गच्छदारले सम्वोधन गर्ने कार्यक्रम छ ।

एमाले र लोकतान्त्रिक फोरमको चुनावी सभा विराटनगरको गुद्रीमा शनिबार दिउँसो ३ बजेलाई तय गरिएको छ ।

त्यसैगरी माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले संयुक्त रुपमा आयोजित चुनावी सभालाई दुबै पार्टीका अध्यक्षद्वय प्रचण्ड र उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।

बिराटनगरको हाटखोलामा आयोजित चुनावी सभालाई नेताद्वयले शनिबार दिउँसो २ बजे सम्वोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका मोरङ जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए ।

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा बिराटनगर महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिकले तालमेल गरेका छन् । एमालेका विनोद ढकाल मेयरमा र लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा उठेका छन् ।

त्यस्तै माओवादी केन्द्र र संघीय फोरमले पनि आपसी तालमेल गरेका छन् । मेयरमा फोरमका तर्फबाट उमेश यादव र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने उठेका छन् ।

कांग्रेस एक्लै मैदानमा

नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । कांग्रेसका केन्द्रीय नेताहरु एक सातादेखि नै बिराटनगरमा छन् । डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, डा.डिला संग्रौला, अमृत अर्याल र भुटनी देवी खवास लगायतका कांग्रेस नेताहरु चुनावी दौडाहामा छन् ।

कांग्रेसका केन्द्रीय नेताहरुको गृहनगर समेत बिराटनगर भएकाले पनि उनीहरु चुनावी दौडाहामा सलग्न भएका हुन् । डा कोइराला, नेता रिजाल र महेश अर्चायले संविधान सभाको चुनाव लडेको क्षेत्र नम्वर ५, ६ र ७ पनि बिराटनगर महानगारपालिका भित्रै पर्छ । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
जङ्गली हात्तीबाट बच्ने उपायको खोजी गरिँदै
जङ्गली हात्तीबाट बच्ने उपायको खोजी गरिँदै
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
सुनको मूल्य बढेर कति पुग्यो तोलाको ?
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो

तपाईंले छुटाउनुभयो कि?