को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
३० पटक हेरिएको
Shares
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?

सारांश

  • काठमाडौं, १० चैत ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पाँचवटा प्रदेशमा नयाँ इञ्चार्ज बनाएको छ ।
  • केन्द्रीय कार्यालयको शनिवार बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

काठमाडौं, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पाँचवटा प्रदेशमा नयाँ इञ्चार्ज बनाएको छ । केन्द्रीय कार्यालयको शनिवार बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

कार्यालयको बैठकले पाँचवटा प्रदेशमा नयाँ इञ्चार्जहरु तोकेको छ । नयाँ जिम्मेवारी अनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश ५ मा मणि थापा र प्रदेश ६ मा जनार्दन शर्मा “प्रभाकर”लाई इञ्चार्ज बनाइएको हो । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।

प्रदेश १ का इञ्चार्ज गोपाल किराँतीले पार्टी छोडेका थिए भने प्रदेश २ का मातृका यादव, प्रदेश ५ का वर्षमान पुन र प्रदेश ६ का शक्ति बस्नेत मन्त्री बनेकाले उनीहरुको जिम्मेवारीमा अरुलाई ल्याइएको हो । प्रदेश ४ का देव गुरुङ पनि प्रमुख सचेतक बनेका कारण हितराज पाण्डे इञ्चार्जमा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?