को हुन् त निशान भट्टराई ?
सारांश
- पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई अहिले आफ्नो सुरिलो स्वोरका कारण नेपाल आइडलको अडिसनमा धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्नपनि सफल भएका छन्।
- सानै देखी गाउन रुचाउने निशानलाई छिमेकी हरुले ५ रुपैय २ रुपैय दिएर गीत गाउँ लगाथे रे ।
- भ्रिकुटी मोडेल एकेडेमी बाट उन्ले आफ्नो +२ सम्म को पढाई सकेर काठमाडौं आएका हुन ।
पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई अहिले आफ्नो सुरिलो स्वोरका कारण नेपाल आइडलको अडिसनमा धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्नपनि सफल भएका छन्। सानै देखी गाउन रुचाउने निशानलाई छिमेकी हरुले ५ रुपैय २ रुपैय दिएर गीत गाउँ लगाथे रे । भ्रिकुटी मोडेल एकेडेमी बाट उन्ले आफ्नो +२ सम्म को पढाई सकेर काठमाडौं आएका हुन । उन्लाई सानै देखी उन्ले पढ्ने स्कुलले एउटा म्युजिक टिचर अपोइन्ट गरेको थियो, ‘बिशाल राइ ‘ ।

अनी तेस्पछी उन्ले बिहानी कला केन्द्रमा पनि सिके गुरुहरु यसोदा शाक्य र कमला खनाल सँग । अहिले काठमाडौं मा मनोज राज सिवाकोटीसँग सिक्दै छन् । शंकरदेव कालेजमा ब्याच्लर सेकेन्ड इयर पढ्दै छन् उनी । म्युजिक क्षेत्रमै आफ्नो भबिश्य खोजेर काठमाडौं सम्म आएका उनी, परिवारको पनि राम्रो सपोर्ट भएकै कारण यहाँ सम्म पुग्न सफल भएको बताउँछन् । अहिले उन्को चर्चा जताततै सुन्न पाईन्छ । शिखर न्युज का लागी अमृता खनाल ।
प्रतिक्रिया